July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको देवाही गोनाहीको छैठौं नगरसभा बाट जनमुखी योजना ल्याइयो

राम प्रबेश बैठा ,रौतहट,१० गते असार २०७९
रौतहटको देवाही गोनाही नगरपालिकाले बजेट ल्याएको छ । शुक्रवार देवाही गोनाही नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ ।
देवाही गोनाही स्थित नगरपालिकाको प्रांगणमा नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा नगर सभा सम्पन्न भएको छ । सो नगरपालिकाले छैठौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य कुन्दन कुशवाहाको विशिष्ट आतिथ्यतामा नेकपा एमाले पार्टी को जिल्ला अध्यक्ष त्रिभुवन साह उर्फ अमर साह कार्यक्रम सम्पन्न भएको छ ।
हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । त्यसै अनुरुप आज बजेट सार्वजनिक भएको हो ।
धेरै उत्साहका साथ सम्पन्न भएको देवाही गोनाहीको नगरसभा बाट नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो ।
नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ३७ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।
नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०७९÷८० का लागि ३७ करोड ४४ लाख ६ हजार २८८ रुपैयाँको बजेट पारित गरिएको मेयर प्रेमलाल साहले जानकारी गराउनु भयो ।
यस वर्ष शिक्षा, कृषि लगाएतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको वहाँले बताए । नगरपालिका नगरको हरेक घर एवं व्यक्तिहरूको विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरीने उनले बताए ।
नगर उपप्रमुख परनिया देवी पटेल सहित सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु,पत्रकारहरूको उपस्थिती रहेको थियो ।