राम प्रबेश बैठा असार १० गते, रौतहट ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाको सातौ नगरसभा आज भव्याताका साथ सम्पन्न भएको छ । गरुडा स्थित कलवार कल्याण धर्मशालामा आयोजित कार्यक्रमका बीच नगरपालिकाको सातौ नगरसभा सभ्व एवं भव्य रुपमा सम्पन्न भएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्य तथा नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य कुन्दन कुशवाहाको विशिष्ट नेकपा एमाले जिल्ला अध्यक्ष त्रिभुवन साह आरती भण्डारी आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता नगर प्रमुख कन्थमनी प्रसाद कलवारले गर्न भएको थियो । नगरसभाले अगामी आर्थिक वर्ष २०७९÷०८० का लागि करिव ५९ करोडको बजेट प्रस्तुत गरेको छ ।
नगरको समग्र विकासका लागि ५९ करोड ११ लाख ३९ हजार आयव्यय सहितको बजेट प्रस्तुत गरेका हुन ।
चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि गरुडा नगरपालिकाले आफना सातौ नगरसभाबाट उक्त बजेट पारित गरेको छ ।
कार्यक्रममा अगामी आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गरिएको छ ।
यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको मेयर जयसवालले जानकारी दिनुभयो ।
नगरपालिकाले नगरको हरेक घर एवं व्यक्तिहरु विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरी गरिने नगर प्रमुख जयसवालले विश्वास व्यक्त गरेकी छिन ।
नगर सभामा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु लगायतका सर्वसधारण जनताको सहभागीता रहेको थियो ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान