नितेश कुमार रजक रौतहट,१० गते असार २०७९
रौतहटको कटहरिया नगरपालिकाले बजेट ल्याएको छ । शुक्रवार कटहरिया नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ ।
कटहरिया स्थित विवाह मण्डप भवनमा नगर प्रमुख अजय प्रकाश जयसवालको अध्यक्षतामा नगर सभा सम्पन्न भएको छ । सो नगरपालिकाले आठौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ ।
हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । त्यसै अनुरुप आज बजेट सार्वजनिक भएको हो ।
धेरै उत्साहका साथ सम्पन्न भएको आठौं नगरसभा बाट कटहरिया नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो ।
नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ३६ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।
नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०७९÷८० का लागि ३६ करोड ८९ लाख ६२ हजार रुपैयाँको बजेट पारित गरिएको प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहले जानकारी गराउनु भयो ।
यस वर्ष शिक्षा, कृषि लगाएतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको वहाँले बताए । नगरभित्रको सामुदायिक विधालयहरुमा अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था मिलाइने,बालविकास शिक्षकहरु,खरिददार सरहको शिक्षक र पियनलाइ पाइरहेको तलबमा प्रोत्साहन स्वरुप मासिक २ हजार दिइने जस्ता धेरै महत्वपूर्ण योजनाहरु ल्याइएको छ ।
नगरपालिका नगरको हरेक घर एवं व्यक्तिहरूको विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरीने उनले बताए ।
आउँदो आ.व. २०७९÷०८० का लागि खर्च व्यहोर्ने श्रोततर्फ आन्तरिक आय रु एक करोड मात्र,संघीय सरकारको वितिय समानिकरण अनुदान तर्फ रु ११ करोड ५८ लाख ७० हजार,संघिय राजश्व बाँडफाँड अनुदान ९ करोड ७२ लाख ३० हजार,वितिय समानिकरण प्रदेश सरकार ९१ लाख ६२ हजारशशर्त अुदान प्रदेश सरकार ३० लाख,विशेष अनुदान प्रदेश सरकार ३० लाख,समपूरक अनुदान प्रदेश सरकार २० लाख र आन्तरिक राजश्व १ करोडको सिमा भित्र रहि निति तथा कार्यक्रम तथा बजेट विनियोजन गरिएको छ ।
नगर उपप्रमुख रिता देवि सहित सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु,पत्रकारहरूको उपस्थिती रहेको थियो ।
More Stories
भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारवाही गर्न आईटी आर्मीलाई प्रभु साहको निर्देशन
फतुवा विजयपुरमा एक जना राहत शिक्षकलाई दुई विधालयको प्रधानाध्यापकको जिम्मेवारी
धरहरीकाे राधाकृष्ण मन्दिर आकर्षणकाे केन्द्र बन्दै असार ३१मा प्राण प्रतिष्ठा