नितेश कुमार रजक रौतहट,१० गते असार २०७९
रौतहटको राजपुर नगरपालिकाले यस वर्ष अन्य स्थानीय तहभन्दा जनमुखी योजना ल्याएको छ ।
राजपुर नगरपालिकाले आफना छैठौं नगरसभाबाट जनमुखी नीती तथा कार्यक्रम ल्याएको छ ।
आज अषाढ १० गते निकै उत्साहका साथ सम्पन्न भएको छैठौं नगरसभाबाट राजपुर नगरपालिकाले जनताको मन जित्ने खालका निती तथा कार्यक्रम पारित गरेको छ ।
नगरपालिकाले नगरसबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्नका लागि ४७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ ।
नगरको चौतर्फि विकासका लागि यस चालु आर्थिक वर्ष २०७९,८० का लागि ४७ करोड १ लाख ५९ हजार ३ सय ८८ रुपैयाको बजेट पारित गरेको नगरपालिकाका अधिकृत बैजु ठाकुरले जानकारी दिएका छन ।
यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको मेयर डा. राजिक आलमलेबताए ।
नगरपालिकाले नगरको हरेक घर एवं व्यक्तिहरु विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरी नगर भित्रका वेरोजगार युवायुवतीहरुलाई सिपमुलक तालिमको प्रवन्ध मिलाई आत्मनिर्भर बनाउदै अघि बढ्ने नगर प्रमुख आलमले विश्वास व्यक्त गरेका छन ।
आन्तरिक आयलाई व्यवस्थित बनाउदै शिक्षा, स्वास्थ्य, खानेपानी सहितको योजनालाई बढि प्राथमिकता दिइएको नगर प्रमुख आलमले बताए । नगर सभामा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु लगायतका सर्वसधारण जनताको सहभागीता रहेको प्रशासन शाखा प्रमुख हरेन्द्र साहले जानकारी गराउनु भएको हो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय