July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको मौलापुरको छैठौं नगरसभा,कच्ची सडक मुक्त देखि किसानलाइ पेन्सन सम्म

रामप्रवेश बैठा असार १० गते, रौतहट ।
रौतहटको मौलापुर नगरपालिकाको छैठौं नगरसभा आज भव्याताका साथ सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय मौलापुरको सभाकक्षमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौ नगरसभा सभ्व एवं भव्य रुपमा सम्पन्न भएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रभु साहको प्रमुख आतिथ्य तथा नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य कुन्दन कुशवाहाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता नगर उपप्रमुख रिना कुमारी साहले गर्न भएको थियो । नगरसभाले अगामी आर्थिक वर्ष २०७९÷०८० का लागि करिव ३६ करोडको बजेट प्रस्तुत गरेको छ ।
नगरको समग्र विकासका लागि ३६ करोड ५७ लाख २० हजार आयव्यय सहितको बजेट प्रस्तुत गरेका हुन ।
बजेटमा मौलापुर नगरभित्रको सम्पूर्ण छात्राहरुलाइ प्राविधिक शिक्षा निःशुल्क रुपमा प्रदान गरिने,नगर भित्रको प्रत्येक महिलाहरुलाइ सेनेटरी पैड वितरण गरिने ,सोनरनियामा पिकनिक निर्माण , एकिकृत दलित बस्ती निर्माण , घरायसी विधुत निःशुल्क, कच्ची सडक मुक्त,लैण्डपुलिङको माम सुरु गरिने , खेलमैदान ,चिल्ड्रेन पार्क निर्माण र किसानलाइ पेनसन दिने जस्ता जनमुखि योजनाहरु ल्याइएको छ ।
चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि मौलापुर नगरपालिकाले आफना पाँचौ नगरसभाबाट उक्त बजेट पारित गरेको छ ।
कार्यक्रममा अगामी आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गर्नुभएको छ ।
यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिनुभयो ।
नगरपालिकाले नगरको हरेक घर एवं व्यक्तिहरु विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरी गरिने नगर प्रमुख साहले विश्वास व्यक्त गरेकी छिन ।
नगर सभामा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु लगायतका सर्वसधारण जनताको सहभागीता रहेको थियो ।