July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको ईशनाथ नपाको छैठौँ नगरसभा सम्पन्न, ४७ करोड ८५ लाख ६९ हजार बजेट सार्वजनिक

अभिमनु कुमार पटेल, रौतहट, ९ असार ।
रौतहट जिल्लाको १८ वडा स्थानीय तह मध्ये तेस्रो स्थानमा ईशनाथ नगरपालिकाले आज आफनो आर्थिक वर्ष २०७९–८० का लागि ४७ करोड ८५ लाख ६९ हजार रुपियाँको अनुमानित वजेट सार्वजनिक गरेको छ ।
ईशनाथ नगरपालिकाले सम्पन्न गरेको छैठौँ नगरसभाबाट सो अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
छैठौँ नगरसभामा इशनाथ नगरपालिकाको उपमेयर मो.परवेज आलमले सो बजेट सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । ईशनाथ नगरपालिकाको आ.व. २०७९÷२०८० को बजेट प्रस्तुत गर्न पाउदा अत्यन्त गौरवान्वित महसुस गरेको बताए । अवधारणा अनुसार आर्थिक, सामाजिक विकासका लागि राजश्व परामर्श समितिबाट सम्भाव्यता अध्ययन गरी आवश्यक राजश्व अनुमान आन्तरिक आय र अन्य निकायबाट प्राप्त हुने आय ईशनाथ नगरपातिका श्रोत परिचालन गर्न संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त आयलाई मध्यनजर गर्दै तयार गरिएका बजेट प्रस्तुत गरेका छन ।
बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा भौगोलिक विविधायुक्त विशेषतालाई आत्मासाथ गरि विविधता विचको एकता, सामाजिक, सास्कृतिक एक्यबद्धता सद्भावलाई संरक्षण एवं प्रबंधन गदै बर्गीय, जातिय, क्षेत्रिय, भाषिक, धार्मिक, लैगिंक विभेद सबै प्रकारका जातिय छुवाछूत अन्त्य गरी आर्थिक समानता सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिधान्तको आधारमा समतामुलक समाजको निर्माण गर्न राष्ट्रिय संकल्पलाई आत्मासाथ गर्दै संघीय सरकार र प्रदेश सरकार संग समन्वय सहकार्य र सह–अस्तीत्वको भावना अनुरूप कार्यगत एकता गर्दै यम नगरपालिकाको स्वाधिनता समुद्र आत्मनिर्भरता र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न हाम्रो लक्ष्य रहेको उनले बताए ।

उपमेयर आलमले सार्वजनिक गर्नुभएको अनुमानित बजेटमा संघीय राजश्व बाडफाड ९ करोड, ८२ लाख, ३६ हजार, समानिकरण अनुदान १३ करोड ८४ लाख, सर्शत अनुदान चालु १३ करोड ८७ लाख, सर्शत अनुदान पुँजीगत २ करोड, २४ लाख, बिशेष अनुदान पुँजीगत २ करोड, ३० लाख, समपुरक अनुदान पुँजीगत ७० लाख र प्रदेश सरकाबाट राजश्व बाँडफाँड ४६ लाख ७७ हजार, समानिकरण अनुदान ९८ लाख ९१ हजार, सर्शत अनुदान पुँजीगत १ करोड, बिशेष अनुदान पुँजीगत ३० लाख, समपुरक अनुदान पुँजीगत २० लाख, सडक बोर्ड नेपाल ३५ लाख, दुईपक्षीय बैदेशिक चालु अनुदान यूनिसेफ २० लाख, दुईपक्षीय बैदेशिक पुँजीगत अनुदान यूनिसेफ ३० लाख, आन्तरिक आय घर जग्गा रजिष्ट्रेशन शुल्क तथा अन्य आय समेत १ करोड २७ लाख ६५ हजार (अनुमानित) बजेट सार्वजनिक गरिएको छ ।
उपमेयर आलमले संघ, प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्धन गर्दै सहभागितामूलक शासन व्यवस्थामार्फत लोकतान्त्रिक गणतन्त्रका लाभांशहरु समानुपातिक समावेशी हिसाबले जनताको घरदैलोमा पु¥यउने तथा कार्यकारिणी, विधायकी र न्यायिक अधिकारको सन्तुलित अभ्यास गरी स्थानीय नेतृत्वको विकास गर्ने र स्थानीय शासन पद्धतिलाई सुदृढ, सेवामूलक, जनउत्तरदायी, पारदर्शी र चुस्त बनाई सुशासन कायम गर्ने उद्देश्य ईशनाथ नगरपालिकाको रहेको आफ्नो नीति तथा कार्यक्रम प्रस्तुतीकरणमा भन्नुभयो । श्रोत अनुमान तथा सिमा निर्धारण समितिले निर्धारण गरेको क्षेत्र अनुसार उपरोक्त नीति, बजेट तथा कार्यक्रममा समावेश भएका क्षेत्रहरुलाई लक्षित गरि बन्द सत्रबाट पारित हुने गरी देहायका क्षेत्रहरुमा बजेट विनियोजन गरिने उहाँले बताए ।

प्रमुख अतिथिको रुपमा मधेश प्रदेशसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता बाबुलाल साहले ईशनाथ नगरपालिका छैठौँ नगर कार्यक्रमलाई उद्घाटन गरेका छन्। मधेश प्रदेशसभा सदस्य साहले बिहीबार ईशनाथ नगरपालिकाको छैठौ निती तथा कार्यक्रमसभाको उद्घाटन गरेका हुन्। प्रदेश सभा सदस्य साहले ऐन, कानुन पालना गर्दै स्थानीय तहले आफ्नो भूमिकालाई अघि बढाउन सुझाव दिए ।
ईशनाथ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायत विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि रौतहट क्षेत्र नं २ प्रदेशसभा क का माननीय नागेन्द्र प्रसाद सिन्हाले ईशनाथ नगरपालिकाका योजनाको प्राथमिकीकरण र पूर्वतयारी गर्न योजना बंैक सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कायम गरिने उल्लेख गरे ।
नगर स्तरीय योजनालाई मुख्य रुपमा स्तरवृद्धि गरी नगर जोडने सडक निर्माण गरिने, पूर्वाधार, आर्थिक समृद्धिको आधार भन्ने नारा अवलम्बन गर्दै सबभन्दा बढी भौतिक संरचना कार्यलाई निरन्तरता दिइने विषयलाई प्राथमिकता दिइएको प्रदेशसभा सदस्य सिन्हाले बताए ।

बजेटमा भौतिक पूर्वाधार तथा संरचना विकासतर्फ दिगो नतिजामूलक विकासका लागि आवश्यक गुरुयोजना तयार गरी अगामी वर्ष आवधिक नगरविकास योजना भू–उपयोग योजना एवं प्रकोप व्यवस्थापन योजना निर्माण गरी कार्यान्वयनमा जोड दिईने, सम्भावित प्रकोप, दुर्घटना र आम नगरवासीको सुरक्षाको लागि शहरी विकास मन्त्रालयबाट जारी सङ्घीय मामिला तथा स्थानीय विकास राष्ट्रिय भवन संहिता एवं भवन निर्माण मापदण्ड मन्त्रालयबाट जारी बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन २०७२ लाई कडाइका साथ लागु गरिने उल्लेख गरिएको बताएका हुन ।
विस्तारित समृद्ध नगर विकासको उद्देश्यसहित नगरपालिका क्षेत्रमा रिङरोड शुरु गरिने कार्यक्रम बजेटमा समेटिएको छ । यसैगरी महिला, बालबालिका तथा अन्य लक्षित समूहका लागि विपन्न तथा पिछडिएका वर्गका महिलालाई लक्षित गरी समग्र महिलाको सशक्तीकरण र अमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिने, बालमैत्री स्थानीय शासनको अवधारणालाई संस्थागत विकास गर्ने नीति लिइएकोले यसमा सबै एकजुड भई अगाडी बण्न प्रदेशसभा सदस्य सिँहाले आग्रह गरे ।

फोहोरलाई अभियान अन्तर्गत अगाडि बढाउन पहल गरिने र फोहोरको मात्रा घटाउने, जैविक तथा अजैविक फोहोरजन्य पदार्थको पुनः प्रयोग र पुनः प्रशोधन विधिलाई प्राथमिकता दिने वजेटमा व्यवस्था छ ।
नगरभित्रको स्तरोन्नति र सेवा सञ्चालनमा सहजता ल्याउन सरोकारवाला निकायहरुसँग समन्वय गरी आधुनिक उपकरणसहित विशेषज्ञ चिकित्सकसहित सेवा प्रवाहको व्यवस्था मिलाउँन सबै स्वास्थ्य चौकीहरुको समेत पूर्वाधार विकासमा आवश्यक सहयोग गरी विभिन्न अति आवश्यक ९८ किसिमका औषधिहरू निःशुल्क उपलब्ध गराइने नवनिर्वाचितसँग अनुरोध गरेका छन ।
लोसपा केन्द्रीय सदस्य अनिल कुमार सिंहले सभालाई सम्बोधन गर्दै नगरपालिकालाई समृद्ध बनाउनको लागी नगर सभा सदस्यहरुको योगदान उच्च रहने बताउदैं सक्रिय रुपमा सहभागिता जनाउन आग्रह गर्नुभएको छ । केही व्यत्तिले चुनाव भन्दा पहिला देखि आफु ठूलो समाजसेवी रहेको भन्दै सवैसधारण जनतालाई ठंगन खोज्दै थिए तर यो रौतहट जिल्लाको जनता आफै धेरै बृद्धिमानी भईसकेका छन । बैदेशकि संघ संस्थाबाट दिएको सहयोग करोडौको डलरलाई नेपालीमा कन्भट गरि ईशनाथ नगरभित्र विभिन्न गलत तरिकाले आफनो पक्षमा यही स्थानीय तहको निर्वाचनमा भोट ठंगनको लागि निशुल्क पाउने राहत सामाग्रीहरु गैर तरिकाले वितरण गरेर ठूलो मान्छे बन्न खोज्दै थिए । यहाँका जनताले त्यस्तो गलत मनोबृती भएको व्यत्तिलाई समाजबाट आफनो मतको आधारमा बहिस्कार गरेपनि नेपाली काँग्रेस पार्टीको सभापति तथा देशकै गरिमामय पदमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, नेपाली काँग्रेस मधेश प्रदेश सभापति कृष्णा प्रसाद यादवको बलमा ईशनाथ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई स्वच्छ र सुक्षम ढंगले कामकाज गर्न नदिई विकास विरोधी गतिवितिमा सकृय भएकोले त्यस्तो व्यत्तिले समयमै सतर भए राम्रो हुनेछ नत्र देशको धेरै जस्तो तानाशाहको घमण्ड तोडन हामीलाई समय लाग्ने यो त सानोतिनो हावाहवाईलाई दुई मिनेटमा शान्त गर्न आउछ नेता सिंहले बताए । संस्थामा चलाउनु र समाजमा सत्यतथ्य बाटोमा चल्नु धेरै फरक छ आफनो राजनीतिक पहुच नदेखाएको राम्रो हुनेछ त्यस्तो डलरको कारोवारीलाई मेरो चेतावनी रहेको बताए ।

कार्यक्रममा अध्यक्षता ईशनाथ नगरपालिकाको मेयर कौशल्या देवी सिन्हाले गरेका थिईन । मेयर सिन्हाले सम्बोदन गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपुर्ण इतिहासलाई स्मरण एवं ज्ञात अज्ञात सहिदहरुलाई सम्मान गर्दै दोस्रो स्थानीय निर्वाचनमा रौतहट जिल्लाको ईशनाथ नगरपालिकाकोे प्रथम ऐतिहासिक छैंठौं नगरसभामा गर्न औसर प्राप्त भएको हुनाले धेरै हर्षित महसुश गरिरहेको उनले बताईन ।
नेपालको संविधान २०७२ अनुसार संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ती, सुशासन, विकास, समृद्धिको अकांक्षा पुरा गर्न दोश्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भई संविधान र प्रचलित कानूनको अधिकार सम्पन्न रुपमा प्रस्तुत भएको स्थानयि सरकारको तर्फबाट पहिलो पटक यस सार्वभौम नगर सभामा सबै वडा र विभिन्न क्षेत्रबाट प्राप्त सुझाव सल्लाह र मेरो आफ्नो व्यक्तिगत सोच र सम्झदारीका आधारमा बिचमा सेवा गर्न पाउँदा गौरवको अनुभूती गरी रहेको बताए ।

साविक ६ वटै गा.वि.स.हरु बन्जरहा, औरैया, मठीया, जटहरा, जोकाहा र डुमरिया (प) मिलेर बनेको ईशनाथ नगरपालिकाको वडा नं. १ देखि ९ सम्म तीब्र विकास र समृद्धिको कार्यदिशा अघि बढाउन तथा यहाँ सबै नागरिकको सुखी, जीवन यापनको लागि हामीलाई यो महत्वपूर्ण जिम्मेवारी र कार्यभार सुम्पीने सबै नगरवासी दाजु, भाई दिदी बहिनीहरु र समस्त शुभेच्छुक र सरोकार पक्षहरु प्रति हार्दिक आभार व्यक्त मेयर सिन्हाले गरिन ।
यस नगरपालिकाको सोच, समुन्नत भौतिक पूर्वाधार, समाजिक विकास सहित सांस्कृतिक रुपमा उत्कृष्ट नगरपालिका बनाउने उद्देश्य आन्तरीक आय पहिचान तथा आन्तरीक आय वृद्धि गर्दै न्यायोजित वितरण सहित, आर्थिक, सामाजिक विकास तथा भौतिक पूर्वाधार लगायतका क्रियाकलाप मार्फत समृद्ध नगरपालिका बनाउनु ठूलो सपना देखेको सबै नगरबासीसँग विकासको कार्यमा सहयोग गर्न मेयर सिन्हाले आग्रह समेत गरेकी छिन । ईशनाथ नगरपालिकाको समृद्धिका लागि कार्यक्रम तयार गर्न राजनीतिक दल, शिर्षनेता, जनप्रतिनिधि, अर्थविन्द, संघ संस्था, गैर सरकारी संघसंस्था, नागरिक समाज, संचारकर्मी लगायतका सहयोगी हातहरुलाई धन्यवाद समेत मेयर सिन्हाले दिएकी छिन ।