बारा,१० असार २०७९
बाराको आदर्श कोतवाल गाउँपालिकाको ९औं गाउँ सभा सम्पन्न भएको छ। नेपाली कांग्रेसका मधेस परदेशका उपसभापति चन्द्रशेखर यादवको प्रमुख आतिथ्य र गाउँपालिका अध्यक्ष जवाहर साहको अध्यक्षतामा भएको कार्यक्रमको संचालक गाउँपालिकाका प्रशाकिय अधिकृत सुनिल बिक्रम थापाको रहेको थियोे । उक्त कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहले गरेको थियोे । सो अवसरमा गाउँपालिका अध्यक्ष जवाहर साहको आदेस अनुसार गाउँपालिकाको कर्मचारी हृदयराज यादवले आर्थिक बर्ष ०७९/०८०को नीति कार्यक्रम र बजेट सर्वाजनिक गरेको थियो ।गाउँपालिकाले अगामी आर्थिक बर्षका लागि चालू तर्फ २९ करोड ४१ लाख ४३ हजार पुजिगत तर्फ १६ करोड ८५ लाख ५८ हजार गरि जम्मा ३९ करोड ७७ लाख १ हजार को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिरा देवी , वाडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु ,समाजसेवी शुरक्षाकर्मी,पत्रकार लगायत आमजन्ताहरुको उपस्थित रहेको थियोे ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान