July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गढीमाई नगरपालिकाकाे ८ औ नगर सभा भब्य रुपमा सम्पन्न

राम प्रबेश बैठा असाढ ८ गते रौतहट

रौतहट जिल्लाको पुर्वीभेगमा पर्ने गढीमाई नगरपालिकाकाको आठौँ नगर सभा भब्यताका साथ बुधबार सम्पन भएको छ । नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादबले आफ्नो दोस्रो कार्यकालको आठौँ नगरसभा सबैको सहमतिमा धुमधामसंग सम्पन गरेको छ ।

हरेक वर्षको असार मसान्तको १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहे पनि गढिमाई नगरपालिकाले दुई दिन अगावै असार ०८ गते बुधबारका दिन नगर प्रमुख यादबले बजेट सार्वजनिक गर्नु भएको छ । धेरै उत्साहका साथ नगर प्रमुख यादबले आठौं नगरसभा बाट गढिमाई नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । “ गढीमाई नगर स्वच्छ सफा र समृद्ध शहर “ भन्ने मुल नाराका साथ एक कार्यक्रमका बिच नगर कार्यपालिकाको सभा हलमा नगर प्रमुख श्याम प्रसाद यादवको अध्यक्षतामा आठौ नगर सभा सम्पन्न गर्नु भएको हो ।

\नगर सभाका सभाअध्यक्ष तथा गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले गढीमाई नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गरिएको छ् ।उक्त कार्यक्रममा नगरको चौतर्फि विकासको लागि आर्थिक वर्ष २०७९÷८० का लागि जम्मा ६५ करोड ६२ लाख ९५ हजार रकम नगर प्रमुख यादवले विनियोजन गरेका हुन् । आठौं नगर अधिवेशनमा अगामी आर्थिक बर्ष २०७९÷८० को नीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै गढिमाई नगरपालिकाको नगर प्रमुख श्यामप्रसाद यादवले शिक्षा, स्वास्थ्य, कृषि, सडक, लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गरे ।

विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरेका छन् । सो नगरसभाको आठौँ नगरसभाबाट पुँजीगत तर्फ ३० करोड ७५ लाख ३७ हजार , चालु तर्फ ३४ करोड़ ८७ लाख ५८ हजार बिनियोजन गरेका छन ।

त्यसतै नगरपालिकाले आर्थिक बर्ष २०७९÷२०८० को लागी संघिय सरकारको समानिकरणको अनुदानबाट १३ करोड ३२ लाख ,संघिय सरकारको सशर्त अनुदान तर्फ २५ करोड ६३ लाख ,संघिय सरकारको राजस्व बाँडफाँडबाट १० करोड ८ लाख ५८ हजार ,मधेश प्रदेश सरकारको समानिकरण अनुदान तर्फ ९४ लाख ३७ हजार ,मधेश प्रदेश सरकारको बिशेष अनुदान तर्फबाट ३० लाख ,मधेश प्रदेश सरकारको समपुरक अनुदान तर्फबाट २० लाख र मधेश प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ६५ लाख बजेट बिनियोजन गरेको नगर प्रमुख यादबले बताउनु भयो ।

सो कार्यक्रममा उपप्रमुख, वडाध्यक्ष, वडा सदस्य, नगरपालिका बोर्डका सदस्यहरु सहित स्थानीय जनप्रतिनिधिहरुको साथै स्थानीय भद्रभलादमीको उपस्थितिमा आठौं नगर अधिवेशन सम्पन्न भएको गढीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिए । रौतहटको १८ ओटा पालिका मध्ये अहिले सम्म नेपाल सरकारको समय अगाबै बजेट प्रस्तुत गरेको नगरपालिका मध्ये राजदेवी नगरपालिका न. १ रहेको छ ।जसले चालु आर्थिक वर्ष २०७९/८० का लागि ३९ करोड १६ लाख ८ हजार रुपैयाँको बजेट पारित गरिएको थियो ।।।