July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

राैतहटमा एसमाजवादीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

राैतहट,०३ गते असार २०७९
नेपाल कम्युनिष्ट पार्टि नेकपा एकिकृत समाजवादीले गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ ।
शुक्रबार जिल्ला सदरमुकाम गाैरमा एक कार्यक्रमको आयोजना गरि एमाले जिल्ला कमिटीले स्थानिय तह निर्वाचन २०७९ मा नेकपा एस बाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको समाजवादीकाे नेता एवम् कटहरिया वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महताे काेईरीले जानकारी गराउनु भएको हाे ।
जिल्लाका १८ स्थानिय तहमध्ये एकिकृत समाजवादी बाट निर्वाचित भएका चार पालिका प्रमुख,उपप्रमुख,वडाअध्यक्ष र खुल्ला पुरुष सदस्य, दलित महिला सदस्य तथा महिला सदस्य नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरिएको हाे ।
कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै नेकपा एसका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले आफनाे कार्यकालमा जनप्रतिनिधिहरु लाई अन्य दल भन्दा राम्रो काम गरेर अगाडि बढ्न र जनताको काम राम्रोसँग गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादीका प्रभावशाली नेता एवम् मधेस प्रदेश सरकारका उधाेग, पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादव,जिल्ला अध्यक्ष कमल यादव लगाएतले निवाचित जनप्रतिनिधि लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।