July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कटहरिया १ का वडा अध्यक्ष भूपेन्द्र महताेले बिधालयमा गरे खेलकुद सामाग्री हस्तान्तरण

राैतहट,०३ असार २०७९
बिद्यालय स्तरबाटै खेलकुदको बिकास गर्ने उदेश्यले आज वडा अध्यक्ष भूपेन्द्र महताे काेईरीले बिद्यालयमा खेलकुद सामाग्रि हस्तान्तरण गरेका छन् । शुक्रबार एक कार्यक्रमका बिच कटहरिया नगरपालिका वडा नम्बर १ स्थित रहेकाे श्री माध्यमिक बिधालय भसेढवामा नगर उपप्रमुख रिता देवी यादवकाे राेहबरमा वडा अध्यक्ष महताेले बिधालयका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवलाई खेलकुद सामाग्री हस्तान्तरण गर्नु भएको हाे ।
कटहरिया नगरपालिकाकाे सहयोगमा बिद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष महताेले केही दिन अघि बिधालय अनुगमनकाे क्रममा बिधार्थीहरू सँग खेलकुद सामाग्री उपलब्ध गराउने वाचा गर्नु भएको थियाे । साेही बमोजिम आज उनले पहलगरि बैट, बल,भलिबल,फुटबल,बैडमिन्टन,कैरम बाेर्ड,लुडाे सहितका अन्य खेलकुद सामाग्रीहरू हस्तान्तरण गर्नु भएको हाे ।
खेलकुद सामाग्री हस्तान्तरणकाे क्रममा बाेल्दै वडा अध्यक्ष महताेले बिधालयका बिधार्थी खेलाडीहरू कुनै पनि खेलबाट बन्चित नहुन भन्ने उदेश्यले आफ्नो सानो सहयोग भविष्यमा केहि गरुन र खेल क्षेत्रमा थप बिकास होस् भन्ने चाहानाले सहयोग गरेको बताए ।
खेलकुद सामाग्रिले बिद्यालयमा अध्यन गर्ने बालबालिकाहरु लाभान्वित हुने बताए । उनले अध्यनका साथ साथै बिद्यार्थिहरुलाई खेलकुदमा पनी ध्यान पुर्याउन आग्रह समेत गरे ।
खेलकुदले शारिरिक स्वस्थताका साथै मानसिक रुपमा समेत स्वस्थ राख्न मद्धत पुर्याउने उनले बताए ।
साे अवसरमा वडा सदस्यहरू,शिक्षक-शिक्षिका, बिधार्थीहरू स्थानीय भद्रभलादमी बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे ।