July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गरुडा मावि गेडहीगुठीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ काेठे भवन शिलान्यास

राम प्रबेश बैठा राैतहट,३० गते जेठ २०७९
राैतहटकाे गरूडा नगरपालिका वडा नं. २ को श्री मावि गेडहीगुठीमा चार कोठे भवन शिलान्यास भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको ३६ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनकाे साेमबार एक कार्यक्रमका बीच नगर प्रमुख कन्थमनी जयसवालले शिलान्यास गर्नुभएको हो ।
विगत दुई दशक देखि भवनको कमी हुँदा पनि उक्त विद्यालयमा भवन निर्माण हुन सक्ने अवस्था आएन तर मावि गेडहीगुठीका प्रधानाध्यापक जङ्ग्बहादुर ठाकुरकाे अथक प्रयास र मेहनत पछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे भवन निर्माण हुन गइरहेको छ । भवन निर्माण भएपछि विद्यार्थीहरुको कक्षाकाेठाकाे अभाव केही समाधान हुने भएको छ ।
भवनको शिलान्यास गर्दै मेयर जयसवालले माविका लागि आवश्यक पर्ने सामाग्रीको व्यवस्थापन तथा शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्न आफु र आफ्नो टिम तयार रहेको प्रतिबद्धता जनाउनु भयो । साथै मावि गेडही गुठी लाई नमूना माविकाे रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बाेल्दै उपमेयर पुनम कुमारी चाैधरीले बिधालयमा तत्काल खानेपानी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भयाे ।
कार्यक्रममा प्रधानाध्यापक जंगबहादुर ठाकुरले नयाँ जनप्रतिनिधिले शिक्षाको विकासमा सहयोग पुर्याउनुपर्ने बताउनु भयो । जनप्रतिनिधिको साथ पाए सामुदायिक विद्यालय पनि निजी सरह संचालन हुने र अभिभावकको समेत विश्वास जित्न सकिने बताउनु भयो । बिधालयमा शिक्षाकाे स्तर बढाउन डिजिटल बाेर्डकाे उपलब्ध गराउन, बिधालय व्यवस्थापन समिति चयन गर्न सहितका मागहरू राख्नु भएको थियो । साे अवसरमा प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादव,वडाध्यक्ष कृष्नन्दन सहनी लगायत शिक्षक-शिक्षिका,छात्रछात्रा,स्थानीय भद्रभलादमी,बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे ।