July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको वृन्दावनका मेयर विनोद प्रसाद कुर्मीद्वारा चार कोठे भवनको शिलान्यास

 

रौतहट वृनदावन,जेठ ३० गते
रौतहट जिल्लाको वृन्दावन नगरपालिकाकका नगर प्रमुख विनोद प्रसाद कुर्मीले सो पालिकाको वडा नम्बर -२ स्थित,श्री नेपाल माध्यमिक बिधालयमा चारकोठे भवनको शिलान्यास गर्नुभएको छ ।

सोमबार मध्यान्ह एक कार्यक्रमको बिच, विद्यालय प्रागंणसगै रहको जग्गामा बैदिकविधि अनुसार पुजापाठ गर्दै नगर प्रमुख कुर्मीले आज आफ्नो करकमलबाट सो भवनको शिलान्यास गर्नुभएको हो ।

रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरग्त ३६ लाख रकममा बन्ने एकतले भवनमा ४ ओटा अत्याधुनिक कोठाहरु निर्माण गरिने नगर प्रमुख कर्मीले बताउनु भयो । उहाले सो बिधालयका प्रधानाध्यापक प्रेमलाल पटेलको अथक प्रयास पछि निर्माण हुन गइरहेको बताउनु भयो ।

निर्माण हुन गइरहेको भवनमा कक्षाकोठा,पुस्कालय ,कम्प्युटर तथा विज्ञान प्राविधिक प्रयोगशाला लगायतका सबै अत्याधुनिक कक्षहरु संचालन गर्नसकिने व्यवस्था गरिएको नगर प्रमुख कुर्मीले सो शिलान्यास कार्यक्रममा बताउनु भयो ।

शिलान्यास कार्यक्रममा वृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीको साथै वडा नम्बर-१ का वडा अध्यक्ष रामनाथ सहनी,वडा नम्बर -६ का मजहर मंसुर र सो बिधालयका प्रधानाध्यापक प्रेमलाल पटेल,बिधालयका सम्पूर्ण शिक्षक शिक्षिका र विधार्थीहरु लगायत त्यहाँका स्थानीयहरू पनि सहभागीता रहेको थियो ।