रामप्रवेश बैठा,राैतहट,३० जेठ २०७९
राैतहटकाे कटहरिया नगरपालिकाकाे एक वडामा नाला निर्माणकाे लागि शिलान्यास गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ६ फत्तेपुर टाेलमा नाला निर्माणकाे शिलान्यास गरिएको हाे । एक कार्यक्रमका बिच वडा अध्यक्ष जयराम चाैधरीले शिलान्यास गर्नु भएको थियाे ।
शहरी बिकास मन्त्रालय अन्तर्गत फतेपुरमा नाला निर्माण भईरहेकाे छ । वडा अध्यक्षमा निर्वाचित भएपछि वहाँले पहिलाेचाेटी विकास निर्माणकाे कामकाे सुभारम्भ गराउनु भएको हाे । करिब २१ लाखकाे लागतमा ३ सय मिटर पलट चाैधरीकाे घरदेखि श्रीभगवान जयसवालकाे घर सम्म साे नाला निर्माण गर्न अमित कन्स्ट्रक्सनले बारा शहरी विकास बाट ठेक्का सकार गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकाे कन्स्ट्रक्सनका सञ्चालक सञ्चालन रामबिलास साह ले बताउनु भयाे ।
साे अवसरमा शेख सफरूदिन,बाेधा महताे काेईरी लगायत स्थानीय भद्रभलादमीहरूकाे उपस्थिति रहेकाे थियाे ।
More Stories
खेतमा काम गरिरहेको किसान र गोरुको करेन्ट लागेर मृत्यु
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र