July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको फतुवा विजयपुरमा जसपाका वडा प्रत्यासी एमालेमा प्रवेश

रामप्रवेश बैठा,रौतहट,३० गते जेठ २०७९
जनता समाजवादी पार्टी (जसपा) बाट फतुवा विजयपुरको एक वडा अध्यक्षका उम्मेदवार नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
आज जसपाका चर्चित नेता समेतका रहेका वडा अध्यक्षका उम्मेदवार रामाशंकर पासवान एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले फतुवा विजयपुर नगर कमिटीकाे आयाेजनामा बृहत् पार्टी प्रवेश कार्यक्रम आयाेजन गरिएको थियाे । पासवान वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनी जसपाबाट उम्मेदवारी दिएका थिए।

उनी फतुवा विजयपुर-४ टेंग्राहाका वडाध्यक्षका उम्मेदवार थिए । साेमबार एक कार्यक्रमबीच एमाले प्रभावशाली नेता एवम् स्थायी कमिटी सदस्य प्रभु साहले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
टेंग्राहामा भएको वृहत् पार्टी प्रवेश कार्यक्रम हजारौंको उपस्तिथिमा भव्यताका साथ सम्पन्न भएको हाे ।

टेंग्राहा बजारमा आयोजित कार्यक्रममा पासवानसहित सयौंको संख्यामा नेता कार्यकर्ताले जसपा परित्याग गरी एमाले प्रवेश गरेका हुन् । कार्यक्रममा प्रमुख अति साहले नव प्रवेशीहरू लाई हार्दिक बधाई तथा राजनीतिक उज्ज्वल भविष्यकाे कामना सहित शुभकामना व्यक्त गरेका थिए ।

नव प्रवेशी वडा प्रत्यासी पासवानले एमाले नै सशक्त भएकाले पार्टीमा प्रवेश गरेको उनको भनाइ छ । एमाले शीर्ष नेताहरूसँगको सल्लाह र परामर्शमा माओवादी छोडेको उनले जनाएका छन् । स्मरणीय हाेस् पासवानले गत बैशाख ३० गते भएको स्थानीय तहकाे निर्वाचनमा साे वडा ३८४ मत प्राप्त गरेका थिए ।
साे अवसरमा माैलापुरका नगरप्रमुख रिना कुमारी साह,एमाले राैतहट जिल्ला अध्यक्ष त्रिभुवन साह, ईन्चार्ज उपेन्द्र साह ,फतुवा विजयपुरका मेयर प्रत्यासी बिजय यादव निर्बिज,पूर्व उपमेयर कान्ति देवी,पूर्व वडा अध्यक्ष संजय साह,ब्रहमा नारायण यादव,वडा नम्बर २ का वडा अध्यक्ष संजय यादव सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।