July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कटहरिया न पा १ का वडा अध्यक्ष भूपेन्द्र महताेले गरे बिधालय अनुगमन

रामप्रवेश बैठा राैतहट,३० गते जेठ २०७९
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर १ का नव निर्वाचित वडा अध्यक्ष भूपेन्द्र महताे काेईरीले बिधालय अनुगमन गर्नु भएको छ । उनले आफनाे प्रतिबद्धता पत्रमा उल्लेख गरे बमोजिम शिक्षा क्षेत्र लाई प्राथमिकतामा राखि अनुगमन गर्न बिधालयमा पुग्नु भएको थियाे ।
साेमबार श्री माध्यमिक बिधालय भसेढवामा शैक्षिक अवस्था,दिवाखाजा , निर्माणाधीन बिधालयकाे भवन,शैक्षिक गुणस्तर निरिक्षण तथा अनुगमन गर्न पत्रकार सहितकाे टाेलीका साथ पुग्नु भएको थियाे ।
पदभार ग्रहन गरे पछि वडाकाे सर्वाङ्गिण विकासकाे लागि वहाँ एक्सनमा आउनु भएको छ । साथै वहाँले बिधार्थीहरू सँग पनि समस्या बुझ्नु भएको थियाे । बिधार्थीहरूले कम्प्युटर कक्षा थप गर्नुपर्ने , खेलकुद सामाग्री, टाई बेल्ट लगायतकाे माग गरेका थिए । जवाफमा वडा अध्यक्ष महताेले आफू हर सम्भव प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएकाे थियाे ।
विधालयका प्रधानध्यापक शिक्षक , शिक्षिका लगायतका ब्यक्तिहरु संग अन्तरक्रिया कार्यक्रम र भेटघाट गर्नुको साथै अनुगमन गरेका हुन् । बिधालयमा रहेको आवश्यकता बारे प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवले अवगत गराउनु भएको थियाे । बिधालयमा शिक्षककाे कमी,खानेपानी लगायतकाे विषयमा शिक्षकहरूले वडा अध्यक्ष समक्ष गुणासाे गरेका थिए ।
वडा अध्यक्ष महताेले शिक्षकले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको खण्डमा शैक्षिक गुणस्तरमा बृद्धि आउने धारणा राखे । साथै बिधालयकाे समस्या समबाेधन गर्न आफूले प्रयास गर्ने प्रतिबद्धता जनाउनु भयाे ।
बिधालयको भौतिक ,प्रशासनिक ,आर्थिक अवस्थाको बारेमा समेत बुझ्नु भएको थियो । बिधालयमा रहेको लाईब्रेरी,कम्प्युटर कक्षा र साइन्स लैबकाे पनि अनुगमन गर्नु भएको थियाे । साे अवसरमा प्रधानाध्यापक यादवले बिधालयमा पहिलोचाेटी पुग्नु भएका वडाध्यक्ष महताे लाई गमछा ओढाएर सम्मान समेत गर्नु भएको थियाे । अनुगमनमा वडा अध्यक्ष महताे सँगै स्थानीय भद्रभलादमी,बुद्धिजीवी र पत्रकारहरू लगायतको सहभागिता रहेको थियो ।