April 10, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको मेयर प्रतयासी विजय यादव निर्विजको भोजपुरीमा म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, २३ जेठ । गायक तथा अभिनेता विजय यादव निर्विज अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पुर्नेन्दु प्रोडक्सनको प्रस्तुती, चन्दुज स्टुडियोज र निर्विज प्रोडक्सनबाट निर्माण भएको भोजपुरी रोमान्टिक भिडियो म्युजिक ‘मन जीत’ शनिबार संघीय राजधानी काठमाडौंमा आयोजिक एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

पुर्नेन्दु झाको निर्देशन रहेको भोजपुरी म्युजिक भिडियोमा अभिनेता विजय यादव निर्विज र रचना सिवाकोटीले अभिनय गरेका छन् ।

मन जीतमा निर्विजको गीत, सन्तोष राज सहनीको सँगीत, शिशिर पाण्डेयको व्यवस्थापन रहेको छ भने पमेला जैन र निर्जिजको स्वर रहेको छ ।