रामप्रवेश बैठा रौतहट,२०७९ जेठ २२ गते
विश्व वातावरण दिवसको अवसरमा रौतहटको गरुडामा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । गरुडा नगरपालिका वडा नम्बर ४ स्थित श्री मावि गरुडा र खानेपानी गरुडाको हाताभित्र वृक्षारोपण गरिएको हो । नगरप्रमुख कन्थमनी जयसवाल र उपप्रमुख पुनम कुमारी चौधरीले वृक्षारोपण गर्नु भएको थियो ।
सो अवसरमा कयौं प्रकारका सयौं बिरुवा रोपेको जानकारी गराइएको छ । रोपिएका बिरुवामा विभिन्न प्रकारको रहेको बताइए । पृथ्वीको संरक्षण, दिगो प्रकृतिमैत्री जीवनयापन भन्ने नाराका साथ विश्व वातावरण दिवस बिरुवा रोपि मनाइएको छ ।
बिरुवा रोप्दै गरुडाका नगरप्रमुख जयसवालले बिरुवा रोपेर मात्रै नहुने भन्दै यसको संरक्षण आवश्यक रहेको बताए । उनले सबै मिलेर बिरुवा रोपण र संरक्षण गर्दा पानीका मुहान सुक्ने समस्याको पनि अन्त्य हुने भन्दै बिरुवा संरक्षण गर्नु सबैको दायित्व भएको बताए ।
सो अवसरमा जनप्रतिनिधिहरू, स्थानिय भद्रभलादमी लगायत पत्रकारको उपस्थिति रहेको थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय