रौतहट,२४ गते जेठ २०७९
नेपाल विद्युत् प्राधिकरणको रौतहट मौलापुर वितरण केन्द्रले २३ जना विद्युत् चुहावटकर्तालाई पक्राउ गरेको छ ।
महिनौँदेखि जिल्लाको बौधीमाइ,मौलापुर नगरपालिका स्थित विद्युत् चोरी गर्दै आएका २३ जनालाई पक्राउ गरेको नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख संदिप कुमार दासले बताए । सोमबार राति मौलापुर वितरण केन्द्र अन्तर्गत बौधा,सोनरनिया, पथराबुधराम, सरमुजवा,बंकुल कोपवा सहितको ठाउँ बाट ती चोरहरु लाइ पक्रेको थियो ।
मौलापुर वितरण केन्द्र अन्तर्गत विद्युतको सप्लाई मागबमोजिम नै गरिरहेका बेला पनि उचित भोल्टेज नपुगेको तथा सर्वसाधारणलाई निकै समस्या भएको गुनासो आएपछि विद्युत् चोर समातिएको उनको भनाइ छ ।
प्राधिकरणले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा २३ जनालाई पक्राउ गर्न सफल भएको कार्यालय प्रमुख दासले बताए । उनीहरुको घरबाट पानी तान्ने ३ मोटर, १ एमलिफायर र विभिन्न विद्युतीय सामग्री पनि नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका सबै जनासँग २ लाख १० हजार जरिवानासमेत लिइ छोडिएको नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रले जनाएको छ ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय