मधेश खबर रौतहट,२०७९ जेठ २२ गते
रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा कार्यपालिका सदस्यको लागि निर्वाचन सम्पन्न भएको छ । कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली काँग्रेस ,एकिकृत समाजवादी र माओवादी केन्द्र बिच गठबन्धन भएको नगरप्रमुख बैजु यादवले जानकारी गराउनु भयो । तिनै दलका उम्मेदवारहरु नै निर्वाचित भएका छन् ।
आज भएको निर्वाचनमा पुरुष सदस्यहरू तर्फ कांग्रेस बाट २९ मत सहित जयप्रकाश पण्डित, कलमबाट २७ मत सहित नथुनी महतो, माओवादीबाट २६ मत सहित दीपेन्द्र कुमार मुखिया निर्वाचित भएका छन् भने महिला सदस्यहरू तर्फ कांग्रेसबाट २९ मत सहित मोतिला देवी, कांग्रेसबाटै २७ मत सहित रमलिया देवी, कलमबाट २८ मत सहित यतबरिया देवी, कलमबाटै २४ मत सहित प्रभु देवी र माओवादीबाट २६ मत सहित रुपा देवी निर्वाचित भएकी छन्, निर्वाचनमा सय प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन अधिकृत उदयचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
More Stories
ओलीको दलीय संयन्त्र लोकतन्त्रको लागी खतरा हो : प्रभु साह
बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न
असफल र असक्षम ओली सरकार विघटन हुन्छ – प्रभु साह