रामप्रवेश बैठा रौतहट,जेठ १७ गते २०७९
नेपाल बिधुत प्राधिकरण मौलापुर रौतहट वितरण केन्द्र बाट खटी गएको प्रहरी सहितको टोलीले बिधुत चुहावट गर्ने विभिन्न सामान पक्राउ गरेको छ । बिधुत चुहावट गरिहेको विभिन्न सामान जफत गरेको हो ।
बिधुत चुहावट बढेको भन्दै सुचना आउन थाले पछि प्राधिकरण मौलापुर प्रमुख संदिप कुमार दासले त्यस्तालाइ कार्यवाही गर्ने बताउँदै चुहावट नियन्त्रण टोलीलाइ खटाएका हुन् । इलाका प्रहरी कार्यालय देवाहीगोनाही,सशस्त्र प्रहरी र विधुत प्राधिकरणको संयुक्त टोलीले पक्राउ गरेको हो ।
सो टोली मौलापुर वितरण केन्द्र अन्तर्गतको विभिन्न देवाहीगोनाही नपा अन्तर्गतको गाउँमा पुगेको थियो । चुहावट नियन्त्रण टोलीले सो स्थानहरु बाट मोटर ८ थान,१ थान फ्रीज र हुकिंङवायर नियन्त्रणमा लिएको नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख दासले जानकारी गराएका हुन् ।
More Stories
५१ प्रतिशत ढ लागि देशैभरी आन्दोलनका लागि तयार रहन महिला मोर्चाका अध्यक्ष बबिताको आह्वान
नेपालमा प्रमुख राजनैतिक दलका नेताहरुले देशमा गरिबी बढाए :- बरिस्ठ उपाध्यक्ष गिरी
प्रधानमन्त्री ओलीसंग प्रभु साहको प्रश्न, ‘तपाईको सडक प्रदर्शन कसको बिरुद्धमा हो ?’