रौतहट,२०७९ जेठ १७ गते
रौतहट । रौतहटको बृन्दावन नगरपालिकाको कार्यपालिका सदस्यमा एकिकृत समाजवादीको पुरै प्यानल निर्वाचित भएका छन् । आठै जना उम्मेदवार एकिकृत समाजवादीका हुन् ।
नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एकिकृत समाजवादीका आठ जना निर्वाचित भएको बृन्दावनका सहायक निर्वाचन अधिकृत नागेन्द्र यादवले जानकारी गराउनु भयो ।
निर्वाचन अधिकृतका यादवका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एकिकृत समाजवादीका महिला तर्फ ५ जना र दलित तथा अल्पसंख्यकबाट उम्मेदवारी परेको थियो ।
बृन्दावन नगरपालिका महिला सदस्यहरुमा कोशिला देवी पटेल,एतवरीया देवी,रामपरी देवी,जहाना खातुन,पुनम देवीको उम्मेदवारी परेको थियो भने दलित तथा अल्पसङ्ख्यकबाट राजेश पासवान,रामबाबु साह,महेश बैठा,रामबाबु साह उम्मेदवारी दिएका थिए । सबै सदस्य निर्वाचित भएको आशिस राज पटेलले जानकारी गराउनु भएको हो ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।