राम प्रबेश बैठा रौतहट,१८ गते जेठ २०७९
रौतहटको फतुवा नगरपालिका वडा नं २ का नव निर्वाचित वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादवले पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित नगर प्रमुख गोपाल राय यादवबाट पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै आज बुधवार वडा अध्यक्ष यादवले वडा कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।
एमाले पार्टीबाट निर्वाचित वडा अध्यक्ष यादवले आजदेखी पाँच वर्षको लागि सो वडा हाक्ने जिम्मेवारी सम्हालेका हुन । कार्यभार सम्हाल्न वडा कार्यालय पुगेका यादवलाई कर्मचारी, जनप्रतिनिधि र स्थानीयहरुले भव्य स्वागत गरेका थिए ।
वडा अध्यक्षको कार्यभार सम्हाल्दै यादवले आउँदो पाँच वर्षभित्रमा कृषि ,शिक्षा र स्वास्थ्यमा विशेष जोड दिने प्रतिवद्धता जनाए । साथै उनले “छोरी संरक्षण” कार्यक्रम घोषणा गरेका छन् । आफनो वडामा जन्मिने प्रत्येक छोरीहरुलाइ २ हजारका दरले रकम उपलब्ध गराइने घोषणा गर्नु भयो । छोरीको स्याहार सुसार गर्नको लागि, सामाजिक विभेद अन्त्यको लागि र छोरीको सम्मानको लागि यो कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष यादवले बताए ।
वडा अध्यक्ष यादवले भने “छोरी संरक्षण” कार्यक्रमबाट छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आउनेमा विश्वास व्यक्त गरे । छोरी बोझ होइन, तिनलाई सम्मान गर्नुपर्छ र समयानुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्छ भन्ने धारणाको विकास हुनु नै कार्यक्रमको सफलता हुने वडा अध्यक्ष यादवको ठहर छ ।
साथै उनले सितलपुर बैरनियामा रहेको सामुदायिक विधालयमा बेन्च डेस्क उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो । आफू निर्वाचित हुने बितिकै सामुदायिक विधालयहरुमा पुग्दा बिधार्थीहरु भूइमै बसेर पढिरहेको देख्दा आफू दुःख लागेको त्यसै बेला मैले कार्यभार सम्हाले बितिकै विधालयमा बेन्च डेस्क उपलब्ध गराउने सोच अनुसार नै घोषणा गरेको बताए ।
कार्यक्रममा वडा नं ४ को सवै वडा सदस्य, गाउँका भद्रभलादमी, सो वडाका कर्मचारी, लगायतको उपस्थित रहेको थियो ।
More Stories
ठागा दासको अध्यक्षतामा ७७ सदस्यीय आम दलित मोर्चाको केन्द्रीय कमिटी गठन
श्री मा.बी.कर्कच गूठीमा निर्वाचनको प्रक्रियाबाट बिधालय व्यवस्थापन समिति चयन हुने
शिवनगर अस्पतालला एक महिनामा २ सुत्केरी महिलाको मृत्यु, अवस्था तनावग्रस्त ।