July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गरुडाका नवनिर्वाचित जनप्रतिनिधिलाइ मेयर कन्थमनी जयसवालले गराए शपथ

राम प्रबेश बैठा रौतहट, गते १६ वैशाख
रौतहट जिल्लाको मध्य भाग गरुडा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।
गरुडा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कन्थमनी जयसवालले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । उपप्रमुख पुनम कुमारी चौधरी लगायत वडाध्यक्ष,वडा सदस्यहरुलाइ सपथ ग्रहण गराउनु भएको थियो । गरुडा स्थित नगरपालिकाको सभाहलमा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको थियो । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात सहदिहरुको समझनामा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री प्रभु साह रह्नु भएको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी साहले अब स्मार्ट गरुडा बन्न सम्भव रहेको बताउनु भयो । नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै वहाँले यस्तो बताउनु भयो । गरुडा बदलावको पर्खाइमा रहेको अवस्थामा नेकपा (एमाले) बाट निर्वाचित मेयर कन्थमनी जयसवालको नेतृत्वमा तीव्र विकासको दिशामा अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गर्नु भयो ।
सो अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई गरुडा नगरपालिकालाई स्मार्ट बनाउनका लागि योजनाबद्ध ढंगले अगाडि बढ्न सुझाव दिनुका साथै गरुडाको विकासका लागि आफ्नो प्रयास र सक्रियतालाई वृद्धि गर्दै हरेक पाइलामा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख यादवले जनताले दिएको जिम्मेवारी राम्रो सँग निर्वाहन गर्नेमा विश्वस्त पार्नु भयो । साथै वहाँले नगरको सामुदायिक विधालयहरुमा कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने,कक्षा ११ र १२ का विधार्थीहरुलाइ ५० प्रतिशत छुटको व्यवस्था र गर्भवती महिलालाइ निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गर्नु भएको हो ।
सो अवसरमा राजनीतिक दल, सुरक्षाकर्मी,स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।