July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कटहरियाको कार्यपालिका सदस्यमा काँग्रेसका आठै जना निर्वाचित

मधेश खबर रौतहट, जेठ १७

रौतहटको कटहरिया नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । आठै जना उम्मेदवार नेपाली काँग्रेसका हुन् ।
नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका काँग्रेसका आठ जना निर्वाचित भएको कटहरियाका निर्वाचन अधिकृतको चन्द्र प्रसाद लुइटेलले जानकारी गराउनु भयो ।
निर्वाचन अधिकृतका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि काँग्रेसबाट महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकबाट ३ जनाको उम्मेदवारी परेको थियो । एमाले बाट एक जना मात्र हेम कुमार साहको उम्मेदवारी परेको थियो । उनी पराजित भउका हुन् । एमाले बाट अन्य व्यत्तीले मनोनय दर्ता गराउन सकेका थिएन्न ।
कटहरिया नगरपालिका महिला नगर कार्यपालिका सदस्यमा पाँच जना निर्विरोध निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार महिला सदस्यहरु शान्ती कुमारी,सोभा देवी,श्रीपती चमैन,सोनी देवी,बुधिया देविको उम्मेदवारी परेको थियो । उनीहरु सबै जना निर्विरोध निर्वाचित भएका हुन् ।
यता नेपाली काँग्रेस बाट दलित तथा अल्पसङ्ख्यकमा वडा नम्बर ३ का मनोज प्रसाद जयसवाल , वडा नम्बर ९ का दिलिप कुमार साह र वडा नम्बर ५ का जामुन ठाकुरले उम्मेदवारी दिएका थिए । सबै सदस्य निर्वाचित भएका छन् । सबै निर्वाचित कार्यपालिका सदस्यहरुलाइ निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।