July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको फतुवा विजयपुरका नवनिर्वाचित जनप्रतिनिधिलाइ मेयर गोपाल यादवले गराए शपथ

आरके श्रीवास्तव,रौतहट, गते १६ वैशाख
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।
फतुवा विजयपुरका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल यादवले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो । उपप्रमुख अम्वेया खातुन लगायत वडाध्यक्ष,वडा सदस्यहरुलाइ सपथ ग्रहण गराउनु भएको थियो । विजयपुर स्थित नगरपालिकाको प्रांगणमा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको थियो । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात सहदिहरुको समझनामा एक मिनेट मौन धारण गरिएको थियो ।
त्यस्तै उक्त पालिकामा निर्वाचित वडा सदस्यहरूलाई पनि शपथ ग्रहण गराएका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख यादवले जनताले दिएको जिम्मेवारी राम्रो सँग निर्वाहन गर्नेमा विश्वस्त पार्नु भयो ।
सो अवसरमा राजनीतिक दल, सुरक्षाकर्मी,स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।