July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको बाैधीमाईमा एकीकृत समाजवादीकाे मेयर र उपमेयर विजयी

राम प्रबेश बैठा राैतहट, ९ जेठ
रौतहटको दक्षिणी भेग बाैधीमाई नगरपालिकाको मेयरमा एकिकृत समाजवादीले जित हात परेको छ । याे सँगै समाजवादीले जिल्लाकाे चार पालिकामा कब्जा जमाएकाे छ । समाजवादीले गाैर,बृन्दावन,राजदेवी र बाैधीमाईमा जित हात पारेकाे हाे ।
२०७४ को स्थानीय निर्वाचनमा विजयी भएका जनता समाजवादीका मेयर उम्मेदवार राजिव रंजन यादवलाइ पराजित गर्दै एकीकृत समाजवादीका यादव विजयी भएका छन् ।
यादवले १८६ मतको मतान्तरले जित हासिल गरेका हुन् । उनले ४८१० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका तर्फबाट मेयर उम्मेदवार राजिव रंजन यादवले ४६२४ मत ल्याएका छन् ।

उपमेयरमा एसमाजवादीकी प्रमिला देविले ४८९४ मत प्रात गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी सीमा नेसाले ४४८१ मत पाइन् । देविले निकटतम प्रतिद्वन्द्वी जसपाकी नेसा भन्दा भन्दा ४१३ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।