रामप्रवेश बैठा,रौतहट,०९ जेठ २०७९
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ६ का नव निर्वाचित जनप्रतिनिधीहरुले कार्यभार सम्हालेका छन् । आज एक कार्यक्रमका बिच एमाले बाट निर्वाचित वडाध्यक्ष जयराम चौधरीले पदभार ग्रहण गर्नु भएको हो । वडा सचिव सुनिता मुखयिाले आज सोमबार नयाँ वडाध्यक्ष चौधरीलाइ जिम्मेवारी सौपनु भएको छ ।
आज सोमवार पहिलो कार्यकालको लागि पदभार ग्रहण पछि पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले भन्नु भयो मलाइ जनताले जुन जिम्मेवारी दिएको छ । त्यसमा म खरा उत्रिने प्रयास गर्ने घोषणा गर्दछु । सबैको साथ सहयोग लिएर अगाडी बढने प्रतिबद्धता समेत गर्नु गर्दछु ।
सो अवसरमा नव निर्वाचित वडा सदस्यहरु बेधा महतो,शेख सफरुदिन,फुलवा देवी,सनैना देवी लगायत भद्रभलादमी,बुद्धिजिवी,स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय