July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

चुनाब हारेको झोकमा जसपाका पूर्व मेयरले गाउँमा आतंक मचाउन थालेःउपमेयर परनिया देवि पटेल

रामप्रवेश बैठा ,रौतहट १० जेठ ।
रौतहटको देवाहीगोनाही नगरपालिकामा चुनाब हारेको झोकमा जसपाका पूर्व मेयर धमेन्द्र पटेल संलग्न उनी निकट गिरोहले देवाही गाउँमा आतंक मचाउन थालेको नव निर्वाचित उपमेयर परनिया देवी पटेलले आरोप लगाउनु भयो । वर्तमान उपमेयरको घरमा सांघातिक आक्रमण लगायत काँग्रेस पार्टी बाट वडा अध्यक्ष उम्मेदवार लाइ समेत कुटपिट गरी घाइते बनाइदिएको उनले बताइन् । उनको अवस्था गम्भीर रहेको छ ।
आक्रमणमा परि दर्जन भन्दा बढी मानिस घाइते भएको समाचार प्राप्त भएको छ । नगरपालिकामा पराजित भएको जसपाका पूर्व मेयर पटेल , पूर्व उपसभापति रामआशिषराय यादवको प्रत्यक्ष रोहवारमा गिरोहले निर्वाचित उपमेयरको घरमा आक्रमण साथै स्थानियहरु माथि आक्रमण गरी घाइते बनाइ दिएको उनले जानकारी दिए ।
देवाहीगोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेल अहिले जसपालाई हराउदै निर्वाचित उपमेयर रहेकि छिन् । निर्वाचनमा हारेको झोकमा प्रतिसोध साचेर सांघातिक रुपमा आक्रमण गरेको बुझिएको छ । उक्त समूहले निर्वाचनको बेला पनि त्यहाँका मानिस लाई हतियार देखाएर तर्साएको थियो । प्रहरीले निर्वाचनको बेला उक्त समूहबाट एक ट्रैयाक्टर धारिलो हतियार सहितको सामाग्रीहरु बरामद गरेको थियो ।

पटक पटक आफू असुरक्षित भएको खबर सुरक्षा निकायलाई जानकारि गराउदा पनि सुरक्षा निकाय संवेदनसिल नबनेको आरोप स्थानियको रहेको छ । आक्रमणमा परि निर्दोष मानिसहरु घाईते हुन पुगेका छन् । आक्रमणमा घाईते भएकाहरुलाई एम्बुलेन्समा हालि अस्पताल पु¥यार्ईएको छ । आक्रमणमा परि केहिको अबस्था गम्भिर रहेको छ । उनीहरुको विरगंजमा उपचार भइरहेको छ ।
नगरपालिकामा घटना घटिसकेपछि अहिले प्रहरी परिचालन गरिएको छ । भने गाउँमा त्रासको बातावरण अहिले पनि रहिरहेको छ ।
यस विषयमा पूर्व मेयर सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन् ।