July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

दोस्रो पल्ट पुनः जनताको स्थानीय सरकार प्रमुख पदमा चुनिएकोमा हार्दिक बधाई

मधेश खबर ४ गते जेठ

रौतहट जिल्लाको सबभन्दा बढी विकास, शिक्षा, स्वास्थ, कृषि, भौतिक संरचना र समाजिक चेतनाले पिछडिएका क्षेत्र नं २ हुन । देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संघीयता पनि आयो तर यहाँको जनताको जीवनमा परिवर्तन भएन यता २०७४ सालको स्थानीय चुनावबाट चुनिएको जनप्रतिनिधिहरू पनि बिशेष गरि यसक्षेत्रमा बदलाव र नयाँ तरिकाले केही जनमानसमा उपलब्धि मुलक सन्देश दिन सकेन ।
देशमा ३ तहको नयाँ संरचना निर्माण स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार बन्यो यसबाट जनताले प्रत्येक्ष रूपमा जेजति अनुभुती गर्नुपर्ने थियोे त्यति गर्न सकेन तर परोहा नगरपालिकामा २०७४ सालको चुनावमा यहाँका मतदाता मालिक आफ्नो अमुल्य मत दिएर देशकै सबभन्दा पुरानो प्रजातन्त्रको लागि आवाज उठाउने पार्टी नेपाली काँग्रेसको उम्मेदवार सम्पूर्ण प्यानललाई पुरै बहुमतले विजयी गराएका थिए । परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिल ज्यू तपाईंको काधमा जनताले त्यसको नेतृत्वको गर्ने र स्थानीय सरकार प्रमुखको जिम्मेवारी बहन गर्न सुुवर्ण अवसर दिएको थियो त्यो समयअवधिमा नयाँ संरचना, कार्यालय संचालन, सबै वडामा वडा कार्यालय व्यवस्थापन गर्दागर्दै १ देखि २ बर्ष बित्यो, त्यहीँ बिचमा बिश्वब्यापी रूपमा फैलिएको कोभिड १९ कोरोना भाईरस पनि एउटा ठूलो चुनौती बनेर सानाठूला सबैको लागि आयो त्यस महामारीबाट सबै नगरबासी बचाउन दिनरात लागिपरेको तपाईंको भुमिका सराहनीय देखियो त्यसको लडाइँमा साढे २ बर्ष त्यसमै बित्यो । तपाई र तपाईंको सहयात्रीहरू जुन संकल्प लिएर जनताको बिचमा चुनाव लड्नु भो त्यो विकास कार्यहरू त्यति छोटो समयमा मधेश प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल हुनुभो ।
सडक निर्माण, ढल निकास, वडा कार्यालय निर्माण, विधालय निर्माण, शुद्धखानेपानीको व्यवस्थापन, कृषि क्षेत्रलाई व्यवस्थित, शिक्षामा सुधार, नगरस्तरीय स्वास्थ्य अस्पताल, स्वास्थ चौकी निर्माण, धार्मिक क्षेत्रमा मठ, मन्दिर, मस्जिद, ईदगाह, कब्रिस्तान, कर्मचारी भर्ना, नयाँ सडक निर्माण, १३ किलोमिटर कालोपत्र सडक बिरेन्द्रराज मार्ग देखि भारतीय सिमानाका वडा नं ८ मोतिपुर नरकटिया सम्म निर्माण सहित दुबैतिर सौन्दर्य करणको उदेश्यले वृक्षरोपण कार्यमा पहल र नगरको सहजीकरण, उज्यालो नगर ठाउँ-ठाउँमा बिजुली बत्तीको राम्रो व्यवस्थापन गर्नुमा खेल्नु भएको भुमिका अति अतुलनीय हो । यसको साथसाथै सबैलाई लिएर पनि अगाडि बढ्नु भो त्यो पनि समाज र राजनीतिमा एउटा छुट्टै पहिचान स्थापित भएको छ ।
तर फेरि तपाईंको पुरानो कार्यलाई मुल्यांकन गर्दै यस २०७९ सालको चुनावमा पुनः देवतुल्य मतदाता मालिक नगरबासीले परोहा नगरपालिकाको आधा अधुरो विकासलाई लक्ष्य सम्म पुर्‍याउन नगर-प्रमुख पदमा प्रचण्ड मतदान गरि भारि बहुमतले विजयी गराएका छन् । यसपालि विगतको दिनमा केही गुनासाहरू जुन तपाईंको बारेमा विपक्षी वा नगरबासीबाट सुन्ने मौका मिलेको थियो त्यस्तो अब सायद सुन्न नमिल्ने आफ्नो व्यवहार र कार्यबाट तपाईले बनाउनु हुन्छ भने विस्वस्त छु । नवनिर्वाचित जनप्रतिनिधिमा तपाईंको पुरानो सहयात्री मध्ये यसपालि केही कमै आएको छ जस्तै नेपाली काँग्रेस पार्टीको उपमेयर सुगान्धी गिरी वडा नं १ मा वडाअध्यक्ष मो.समिउल्लाह, वडा नं २ मा नयाँ वडाअध्यक्ष शेख सेराज, ३ मा वडाअध्यक्ष महेश सिंह, ४ वडाअध्यक्ष जवाहरलाल राय यादव, ८ मा वडाअध्यक्ष खेदु मुखिया बिन र यसमा अन्य पार्टीबाट नयाँ चुनिएका नेकपा माओवादीबाट वडा नं ५ मा वडाअध्यक्ष शेख सजिम अंसारी, वडा नं ७ मा नागेन्द्र प्रसाद पटेल, नेकपा एकीकृत समाजवादीबाट वडा नं ६ मा रामविलास प्रसाद पटेल र वडा नं ९ मा नेकपा एमालेबाट कफिल अन्जुम रहेकोले पहिला भन्दा यसपालि प्रतिपक्षीको मन र उहाँहरूलाई कसरी साथमा लिएर अगाडि बढ्नु हुन्छ भने तपाईंको काधमा सम्पूर्ण चुनौती आएको हुनाले यसमा पनि सफल हुनुहुन्छ भने आशावादी छु ।
पहिला तपाई एउटा पार्टीको व्यक्ति हुनुहुन्थ्यो तर अब सम्पूर्ण परोहा नगरबासीको नगरपिता जस्तो गरिमामय पदमा विजयी हुनु भएकोले यसमा कोही कसैसँग कुनै प्रकारको भेदभाव, सानाठूला, धनीगरिब, कुनै यस्तो प्रकारको भेदभाव विचारबाट टाढा रहनु होला किन कि तपाईलाई मेयर पदमा मात्र होइन आगामी आउने भविष्यमा यसक्षेत्रको प्रदेश सांसद, प्रदेश मन्त्री, संघीय सांसद, संघीय मन्त्री समेत देख्न सबैको चाहना रहेकोले केही सिमित व्यक्तिको बिचार र स्वार्थमा नलागी तपाईं निस्पक्ष ढंगले अगाडि बढ्नु हुनुहुन्छ भने आशा सबैले राखेका छन् ।
तपाई जुन प्रकारले आफ्नो दोस्रो नगर-प्रमुख पदको जिम्मेवारी पाउनुभयो सायद तपाईंको साथमा २०७४ सालमा जितेका धेरै जसो जनप्रतिनिधि यसपालि निर्वाचित हुन सकेन किन कि सबै तिर एउटै नारा थियो परिवर्तन तर तपाईलाई जनता पद परिवर्तन होइन नगरमा विकास र समाजमा जनचेतनाको परिवर्तन हुने बिस्वासको साथ तपाईंलाई दोस्रोपल्ट आफ्नो अमुल्य मत दिएर विजय गराएका छन् ।
अबको दोस्रो कार्यालय नवनिर्वाचित नगर-प्रमुख शेख वकिल ज्यू नगरपिताको भुमिका सहित समृद्ध र देशमै नमुना नगरपालिकाको संकल्प तपाईंको पूरा गर्न सफलता प्राप्त गर्नु होला भने भगवान पशुपतिनाथसँग यहीँ कामना छ ।