July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कटहरिया ६ फतेपुरमा वडामा एमाले विजयी

रामप्रवेश बैठा,राैतहट,गते ०५ जेठ २०७९
राैतहट जिल्लाकाे कटहरिया नगरपालिकामा ५ वटा वडा तहको मतपरिणाम आएकाे छ । अहिलेसम्म ४ वटा वडामा एमाले विजयी भएकाे छ । जिल्लाको कटहरिया वडा नम्बर ६ मा एमालेको उम्मेदवार विजयी भएकाे छ । जय राम चाैधरीले ४ सय ४ मत पाएका छन् । उनले आफनाे निकटतम प्रतिद्वन्द्वी एमालेका वडाध्यक्ष उम्मेदवार उमेश सहनलाई ४० मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।
सो वडामा वडा सदस्यहरूमा बाेधा कुशवाहा ,शेख सफरूदिन,सुनैना देवि,फूलवा देवि विजयी भएका छन् । १६२४ मतदाता मध्ये साे वडामा १३६७ मतदाताले मत हालेका थिए । साे वडामा एमालेकाे पुरै प्यानल नै बिजयी भएको छ । जितपछि कटहरियाका निर्वाचन अधिकृत चन्द्रप्रसाद लुईटेलले निर्वाचित जनप्रतिनिधिहरू लाई प्रमाणपत्र प्रदान गर्नु भएको छ ।
अहिलेसम्म ६ वटा वडाकाे परिणाम मध्ये कटहरिया १ मा समाजवादीका भूपेन्द्र महताे,वडा नम्बर २ मा एमालेका हरेन्द्र साह,वडा नम्बर ३ एमालेका श्यामाकान्त यादव,वडा नम्बर ४ मा एमालेका चन्दन कुशवाहा विजयी भईसकेका छन् ।