July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

हारने डरले काँग्रेस उम्मेदवार अंजु झाले गराए ईशनाथमा मतगणना अबरुद्ध

राम प्रबेश बैठा मधेश खवर /०४ जेठ २०७९

हारने डरले काँग्रेसका मेयर उम्मेदवार अंजु झाले ईशनाथमा मतगणना अबरुद्ध गराएकी छन् । शान्तिपूर्ण रूपमा मतगणना भईरहेकाे बेला विभिन्न बहानाबाजि बखेडा खडा गरि मतगणना अबरुद्ध गराएका हुन् । साे
नगरपालिकाकाे वडा नम्बर ३ को मतगणनाका क्रममा
विवाद भएको थियाे । साे वडाकाे पुनः मतगणनाकाे माग गर्दै उनीहरूले मतगणना राेकिदिएका हुन् ।
ईशनाथ नगरपालिकाकाे मतगणना मंगलबार देखि नै अबरुद्ध छ । लाेसपा बाहेकका दलले विरोध जनाएपछि नगरपालिकाकाे अन्य वडाको मतगणना पनि अबरुद्ध भएको हो ।
मंगलबार सम्म ७ वटा वडाकाे परिणाम सार्वजनिक भईसकेपछि उम्मेदवारकाे मत घटबढ गरेकाे भन्दै प्रतिनिधिहरू बाहिरिएका थिए । त्यस लगतै मतगणना स्थगित भएको थियाे । अहिलेसम्म भएको मतगणनाकाे क्रममा लाेसपा मेयर उम्मेदवार ५ हजार भन्दा बढी मत प्राप्त गरि अग्र स्थानमा छन् ।
यस विषयमा ईशनाथका निर्वाचन अधिकृत रामकृष्ण उप्रेती सँग साेध्दा वडा नम्बर ३ काे मतगणनाकाे क्रममा सबै ठिक रहेकाे तर प्राविधिक त्रृटीले १३३ काे ठाउँमा २३३ टाईप हुन गएकोमा प्रतिनिधिहरूले मतगणना अबरुद्ध गराएको प्रतिक्रिया दिए । गलती भएको लाई हामीले सुधार गरिसकेपनि प्रतिनिधिहरूले प्रतिनिधिहरू मान्नु भएको छैन् । पुनः मतगणनाका लागि पटक पटक बाेलाउँदा पनि वहाँहरू आउन मान्नु भएको छैन् । हामीले निर्वाचन आयाेगलाई याे सबै कुराहरू रिपोर्ट गरि सकेकाे उनले बताए । आयाेगकाे निर्णय आएपछि हामी अगाडि बढ्ने प्रतिक्रिया दिनु भयाे ।
यस विगयमा काँग्रेस मेयर उम्मेदवार सँग प्रतिक्रिया लिन खाेज्दा सम्पर्क हुन सकेको छैन् ।