July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको फतुवा बिजयपुरमा एमालेका मेयर उम्मेदवार बिजय यादवकाे चर्चैचर्चा

राैतहट, बैशाख २०७९
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा एमालेका मेयर उम्मेदवार बिजय यादव निर्बिजको चर्चा चुलिएको छ । उनी नेकपा एमाले पार्टी बाट २०७९ काे स्थानीय तहको निर्वाचनमा मेयर पदमा उठेका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिए सँगै फतुवा बिजयपुर नगरपालिकाको टोल टोल र घर घरमा मेयर उम्मेदवार यादवको चर्चा हुन थालेको छ । उनले गरेको कामहरूको मूल्यांकनको आधारमा जनाधार बढ्दै गएको देखिन्छ ।
निर्वाचित नभए पनि करोडौं विकास निर्माणकाे काम गराउन सफल भएका उनी चर्चित बनेका छन् । स्थानीय सरकार चलाएकाहरूले पाँच वर्षमा गरेकाे विकासकाे काम बजेट ल्याएर सडक ढलान,नाला लगायतकाे काम सम्पन्न गराए पछि उनकाे चर्चा चुलिएको छ । यादवले फतुवा बिजयपुर नगरपालिकाकाे सन्तपुर,बिजयपुर लगायतकाे ठाउँहरूमा करोडौंकाे विकास निर्माणकाे काम गराउन सफल भएका छन् ।
स्थानीय सरकार बाट नै समाज परिवर्तन र तिव्र विकासका लागि आफू चुनावी मैदानमा पुनः होमिएको उनले बताएका छन् ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । जिल्लाको उतरी भेग फतुवा बिजयपुर नगरपालिकाको टोल टोलमा मेयर उम्मेदवार यादव चुनावी तयारी गरिरहेका छन् ।
निर्वाचनको मिति नजिकिएसँगै यादवले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । उनले आफ्नो पक्षमा मत तान्न गाउ गाउ पुगीरहेका छन् । मतदाता रिझाउनका लागि उनी गाउ गाउ पुग्ने गरेका छन् ।
स्थानीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि उनले प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान सञ्चालन गरेका छन् ।