रौतहट १८ गते बैशाख
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा एमालेका मेयर उम्मेदवार सियाराम कुशवाहा को फेरि चर्चा चुलिएको छ । उनी फेरि नेकपा एमाले पार्टी बाट २०७९ काे स्थानीय तहको निर्वाचनमा मेयर पदमा उठेका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिए सँगै कटहरिया नगरपालिकाको टोल टोल र घर घरमा मेयर उम्मेदवार कुशवाहा को चर्चा हुन थालेको छ । उनले गरेको कामहरूको मूल्यांकनको आधारमा जनाधार बढ्दै गएको देखिन्छ ।
निर्वाचित नभए पनि करोडौं विकास निर्माणकाे काम गराउन सफल भएका उनी चर्चित बनेका छन् । पाँच वर्षमा गरेकाे विकासकाे काम बजेट ल्याएर सडक ढलान,नाला लगायतकाे काम सम्पन्न गराए पछि उनकाे चर्चा चुलिएको छ । कटहरिया नगरपालिकाकाे कटहरिया बजारको स्मार्ट सिटि लगायतकाे ठाउँहरूमा करोडौंकाे विकास निर्माणकाे काम गराउन सफल भएका छन् ।
स्थानीय सरकार बाट नै समाज परिवर्तन र तिव्र विकासका लागि आफू फेरि चुनावी मैदानमा पुनः होमिएको उनले बताएका छन् ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । जिल्लाको उतरी भेग कटहरिया नगरपालिकाको टोल टोलमा मेयर उम्मेदवार सियाराम कुशवाहा चुनावी तयारी गरिरहेका छन् ।
निर्वाचनको मिति नजिकिएसँगै कुशवाहाले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । उनले आफ्नो पक्षमा मत तान्न गाउँ गाउँमा पुगीरहेका छन् । मतदाता रिझाउनका लागि उनी गाउँ गाउँमा पुग्ने गरेका छन् ।
स्थानीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि उनले प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान सञ्चालन गरेका छन् ।
More Stories
घरेलु कामदारको लागि कानून ल्याउन सरकारसमक्ष प्रभु साहको माग
पत्रकार महासंघ राैतहटको अध्यक्षमा ४ जनाकाे उम्मेदवारी,राम प्रवेश बैठा लगायत ११ जना सदस्य निर्विरोध ।
५१ प्रतिशत ढ लागि देशैभरी आन्दोलनका लागि तयार रहन महिला मोर्चाका अध्यक्ष बबिताको आह्वान