July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरियाको मेयर पदमा देशको नमुना नगर बनाउने मेरो फ़ेरि उम्मेद्बारी सियाराम कुश्वाहा

 

रौतहट १५ बैशाख ।
रौतहटको कटहरिया नगरपालिका लाई स्मार्ट सिटि सरह भौतिक पुर्वाधार निर्माण गर्न,स्थानीय जनतालाई स्मार्ट बनाउन तथा अधुरो काम पुरागर्न मेयर पदमा मैले पुनः उम्मेद्बारी दिएको सियाराम कुश्वाहाले बताएका छन ।
अघिल्लो निर्वाचनमा माओवादीको टिकट बाट निर्वाचित भएर हाल एमाले बाट मेयरको उमेदवार बनेका कुश्वाहाले पत्रकारहरु संग भएको छलफलमा उक्त कुरा बताएका हुन।
कटहरिया नगरपालिका जिल्लाको अन्य बजारहरु मध्ये एक महत्त्वपूर्ण बजार हो ।
बिगत ३० बर्षदेखी सबल नेतृत्वको अभाव तथा विभिन्न राजनीतिक कारणले पछि परेको र आफ्नो पहिचान गुमाउँदै गएको थियो ।
२०७४ को स्थानीय निर्वाचनमा आफू मेयर बनेपछि मात्र ४ बर्षको अवधिमा स्मार्ट सिटि सरह भौतिक पुर्वाधार निर्माण देखि शिक्षा,स्वास्थ,तथा बाटोघाटो निर्माणमा मैले महत्त्वपूर्ण भुमिका खेलेको छु उनले बताए ।
कटहरिया नगरपालिकाको पहिचान,स्वाभिमान बढाउन मेरो उम्मेद्बारी परेको निबर्तमान मेयर कुश्वाहाले स्पष्ट पारेका छन ।
कटहरियामा स्मार्ट सिटिको रूपमा विकास गरेर कटहरिया नगरपालिकाको नाम राष्ट्रिय स्तरमा पुर्याउने चाहना रहेको उनले बताए ।
मधेसको राजधानी जनकपुरमा जन्मिएकी माता जानकी सिताको जन्म जयन्तीको सुरुवात पहिलो पटक कटहरिया बाट सुरु भएको तथा कटहरिया नगरपालिकाकै आयोजना मा अन्तर्राष्ट्रिय मुसायरा कार्यक्रम देखि कैयौं महत्त्वपूर्ण काम बितेको साढे ४ बर्षको अवधिमा पूरा गरेको सियाराम कुश्वाहाले जिकिर गरे ।
बितेको कार्यकालमा मेरै पहलमा पुर्व पश्चिम् महेन्द्र राजमार्ग धन्सार देखि कटहरिया,गरुडा देखि कटहरियासम्मको बाटोमा पिचको काम पूरा भएको छ ।
१२ करोडको टेन्डरमा कटहरिया बजार निर्माणको काम, ५४ करोडको टेन्डरमा नगरक्षेत्रमा ढल तथा नाला निर्माण काम जस मध्ये ८० प्रतिशत काम पुरा भैसकेको कुश्वाहाले बताए ।
२८ करोडको टेन्डरमा छेदी चौकमा चिस्यान सहितको बजारीकरण निर्माणको काम भैरहेको छ । काठमाडौ निजगढ जोड्ने फास्टट्रेक निर्माणको काम पूरा भएपछि कटहरियामा उत्पादित हरिया तरकारी राजधानी सम्म पुर्याउन बजारीकरणले टेवा पुग्ने छ ।
प्रदेश २ मै दोस्रो स्थानमा तेस्रो सानोसहरि तथा खानेपानी को माध्यमले कटहरिया नगरको केही वडाका जनतालाई सुद्व खानेपानी पुर्याईरहेको तथा दोस्रो पटक निर्वाचित भएमा सम्पुर्ण वडामा पुर्याउने उदेश्य रहेकोे निबर्तमान मेयर कुश्वाहाले प्रतिबद्धता जनाएका छन ।
कटहरिया नगरपालिका लाई खुला दिशामुक्त बनाउन घर घरमा चर्पी निर्माणको लागि रिंग बितरण गर्नुको साथै ट्याङ्की सफाईको लागि नगरपालिका बाट निशुल्क ब्यस्था गरेको छु ।
अघिल्लो निर्वाचन अगाडि एउटा अहेवको भरमा चलेको प्राथमिक स्वास्थ केन्द्रमा तिनजना एमबीबीएस डाक्टर परिचालन गरेर नगरबासिको स्वास्थ उपचारको लागि २४ घन्टे आकस्मिक सेवा संचालन गरिएको छ ।
नगरबासिलाई बौलाहा कुकुरले टोक्दा रेबिज विरुद्धको सुई लगाउन गौर जानुपर्ने बाध्यताको अन्य भएको छ । अहिले प्राथमिक स्वास्थ केन्द्र कटहरियामै रेबिजको सुई लगाईंदैछ।
जनता मावि कटहरियामा नमुना लागू भएको छ,प्राबिधिक शिक्षा संचालन भएको छ,मात्र साढे ४ बर्षको अवधिमा उक्त बिधालयमा थप २२ वटा कक्षाकोठा निर्माण तथा २० जना थप शिक्षक खटाईएको छ ।
नगरबासिको सुबिधाको लागि घरायसी प्रयोजन र कृषि मिटरमा उठ्ने बिधुत महसुल कटहरिया नगरपालिकाले तिर्दै आएको छ ।
किसानको लागि निशुल्क बिधुत मोटर,दुग्ध ढुवानीको लागि निशुल्क क्यान बितरणका साथै शिक्षा प्रति महिलाको आकर्षक बढाउन प्रत्येक बिधालयकि छात्रालाई निशुल्क साईकल बितरण गरिएको छ ।
राती जन्ती जांदा खर्चिलो र जोखिम समेत भएकाले त्यसलाई न्यूनीकरण गर्न कटहरिया नगरक्षेत्रमा दिउँसो बिहे गर्ने केटि पक्षलाई २० हजार र केटापक्षलाई १० हजार दिने ब्यवस्था मिलाईएको छ ।
कटहरिया नगरपालिकाले दिने सम्पुर्ण सेवा निशुल्क गरिएको छ ।त्यसैगरी कोरोनाकालमा बाहिर बाट आउने नगरबासिलाई सिधा सिमाना बाट उद्वार गरि क्वारेन्टाइनमा राखेर खानापिना र औषधि उपचारको ब्यवस्था समेत गरिएको थियो ।
त्यतिमात्र नभै क्वारेन्टाइन बाट घर जानेबेलामा बिपन्न परिवारलाई जनही एकबोरा चामल र दालदिने ब्यवस्था नगरपालिकाले गरेको थियो ।
बितेको कार्यकालमा बिपन्न र बेरोजगार लाई विभिन्न प्रकारको शिपमुलक तालिमको ब्यवस्थापन गरिएको थियो।
कटहरिया नगरपालिकाको मेयरको जिम्मेवारी पाउना साथ २०७४ सालमा लालबकैया नदिको बाढिले प्रायः सम्पुर्ण वडाका बाटोहरु क्षतिग्रस्त बनेको थियो ।
एउटा वडा बाट अर्को वडामा जाने अवस्था नरहेको कारण विकास बजेटको ७० देखि ८० प्रतिशत भाग भौतिक पुर्वाधार निर्माणमा खर्च भएको थियो ।
कटहरिया नगरपालिकामा मैले पुनः मेयरको रूपमा सेवा गर्ने अवसर पाएमा बिगत लाई उल्ट्याउंदै अबको दिनमा ७० प्रतिशत रकम चेतनामूलक कार्यक्रमका खर्च गरेर पुर्ण साक्षर नगरपालिका बनाउने सियाराम कुश्वाहाले प्रतिबद्धता जनाएका छन ।