July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरियामा कुन कुन पार्टीले गराए मेयर, उपमेयर र वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्

रन्धिर साह, रौतहट, बैशाख १२ गते । रौतहटको कटहरिया नगरपालिकामा आज सोमबार सबै पार्टीहरुले आ आफ्नो उम्मेद्धारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले जारी गरेको तालिका अनुसार सबै राजनीतिक दलहरुले शान्तिपूर्ण तरिकाले रौतहटको कटहरिया नगरपालिकामा आ आफ्नो उम्मेद्धारी दिएका छन् । सोही क्रममा ५ वर्षको कार्यकाल पुरा गरि दोस्रो कायकालका लागि नेकपा एमालेबाट सियाराम कुशवाहाले मेयर पदका लागि उम्मेद्धारी दिएका छन् भने उप मेयरमा कुन्ति देवी साह तेलीले उम्मेद्धारी दर्ता गराएका हुन् ।

यस्तै वडा नम्बर १ का वडा अध्यक्षले एक कार्यकाल पुरा गरि दोस्रो कार्यकालका लागि सोही पदमा नेकपा एमालेबाट उम्मेद्धारी दिएका छन् । यो भन्दा पहिला सबैले नेकपा माओवादी पार्टीबाट विजय भएको थियो । यस्तै वडा नम्बर २ मा हरिन्द्र साह, वडा नम्बर ३ मा श्यामाकान्त यादव, वडा नम्बर ४ मा चन्दनकुमार कुशवाहा, वडा नम्बर ५ मा राज नारायण साह, वडा नम्बर ६ मा जयराम चौधरी, वडा नम्बर ७ मा हरि भजन साह, वडा नम्बर ८ मा हेमप्रसाद साह र वडा नम्बधर ९ मा रामाअज्ञा यादवले उम्मेद्धारी दर्ता गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेस पार्टीबाट मेयर पदका लागि अजय प्रकाश साह तथा उप मेयरमा आईतबार चुनुकुमारी यादव र आज सोमबार रिता देवी यादवले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एकृकित समाजवादी पार्टीबाट मेयरमा राधामोहन यादव र उप मेयरमा कालावती देवी साहले उम्मेद्धारी दर्ता गराएका छन् । भने वडा नम्बर १ मा भुपेन्द्र महतो, वडा नम्बर २ मा विनोद लाल कर्ण, वडा नम्बर ३ मा जवाहीर मिया, वडा नम्बर ४ मा गणेश साह, वडा नम्बर ५ मा अनिल अर्याल, वडा नम्बर ६ मा रामाशंकर प्रसाद यादव, वडा नम्बर ७ मा समसुदिन आलम, वडा नम्बर ८ मा राम सेवक यादव र वडा नम्बर ९ मा मनोज साहले उम्मेद्धारी दर्ता गराएका छन् ।

यसैगरि नेकपा माओवादी पार्टीबाट मेयर पदमा नसरुदीन अन्सारी र उपमेयरमा जितेन्द्र यादवले उम्मेद्धारी दर्ता गराएका छन् । भने वडा नम्बर १ मा विजयकुमार यादव, वडा नम्बर २ मा रामाकान्त चौरसिया, वडा नम्बर ३ मा दुर्गा साह बनियाँ, वडा नम्बर ४ मा प्रभु साह, वडा नम्बर ५ मा शंकर साह सोनार, वडा नम्बर ६ मा उमेश सहनी, वडा नम्बर ७ मा प्रहलाद साह, वडा नम्बर ८ मा सुखल प्रसाद यादव र वडा नम्बर ९ मा गजेन्द्र प्रसाद यादवले आफ्नो उम्मेद्धारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालय कटहरियाबाट पुराविवरण आउन बाँकी रहेको छ ।
यस्तै आईतबार कटहरिया नगरपालिकामा स्वतन्त्र पार्टीबाट मेयरमा होस नारायणप्रसाद यादव र ओमप्रकाश साह सोनारले उम्मेद्धारी दर्ता गराएका छन् भने लोसपा नेपालबाट रामप्रवेश दास तातमाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा लोसपा नेपालबाट वडा नम्बर २ को वडा अध्यक्षमा सेराजुल देवान फकिर र वडा नम्बर ३ मा सोही पार्टीबाट केदारप्रसाद गुप्तले वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै लोसपाबाट वडा नम्बर ३ मा सदस्यहरु र वडा नम्बर २ बाट एक जना खुला उम्मेदवारी दर्ता गराएको हो ।