July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको फतुवा बिजयपुरमा एमालेका मेयर उम्मेदवार बिजय यादवलाई बिजयी गराउन करिश्मा मानन्धरकाे आग्रह

रौतहट,बैशाख २७ गते

रौतहटको फतुआ बिजयपुर नगरपालिकामा एमालेले चुनावी सभा संम्पन भएको छ । एमाले नगर कमिटले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गदैं कार्यक्रमका बिशिस्ट अतिथि नेकपा एमालेकी महिला नेतृ तथा नायिका करिशमा मान्नधरले आफू कलाकार भएको नाताले गरिब तथा भुमिहिनहरुको समस्या बारे धेरै अनुभव बटुलेका बताउनु भयो । उनले आममतदाताहरु सँथ भोट हालौं आठ वटा सूर्यमा सात छाप,ढयाप ढयाप ढयाप भनेर आग्रह गरेकी थिइन् ।

कलाकारले देशमा हरेक खाले समस्याको बारेमा दर्शकलाई अभिनयको मार्फत सचेत गराउदै आएको भन्दै एमालेबाट मेयर पदमा उम्मेदवार बनेका बिजय यादवलाई जिताउन उनले आग्रह गर्नु भयो । देशमा एउटा कलाकारले आफू भोकै बसे पनि अरुलाई भोकै बस्न नदिने ब्यक्तिको रुपमा रहेको वहाँले बताए । हेरक ब्यक्तिले कुनै न कुनै पार्टी संग जोडिएको हुनाले आफू पनि एमाले प्रति क्रेज भएको बताउनु भयो । कलाकार कुनै पार्टीको नभए पनि राम्रो काम गर्ने प्रति साथ दिनु पर्ने वहाको भनाई रहेको थियोे । उनले बिगतका दिनहरुमा मुख्यत दुईवटा मात्र पार्टी नेकपा एमाले र नेपाली कांग्रेस रहेकाले त्यसमा पनि केपी ओली नेतृत्वका पार्टी एमाले देश बिकासका लागि ठुलो एजेन्डा बोकेका पार्टी भएकाले आफू एमालेमै खुलेर लागेको कुरा बताए ।नेपाली हिन्दी पाकिस्तानी गरि करिब डेढ सयभन्दा बढी फिल्ममा काम गरेर ठुलै अनुभव बटुलेका आफू जनताको मुख्य समस्या के हो भन्दै सजिलोसँग बुझेको बताउनु भयो ।साथ वहाले मेयरमा निर्वाचित भए पछि युवा नेता यादवलाई महिनामा कम्तीमा एक चोटी जनता संग प्रत्यक्ष भेटेर आवश्यकता केहो बुझन् जरुरी रहेको भन्दै बुझन सुझाव दिनु भयो ।

त्यस्तै एमालेकै स्थानीय प्रभावशाली नेता एकनाथ पौडेलले यो नगरपालिकामा बिगतका दिनमा आफ्नो मेयर नहुदा शिक्षा स्वास्थ्य र पुर्वाधार लगाएतका कामहरु पूरा गर्न नसकेको भन्दै युवा नेता बिजय यादवलाई जिताउन सबै संग आग्रह गर्नु भयो । उनले यो नगरपालिका र खस गरेर दुधिअवामा शिक्षा स्वास्थ्य को अवस्था अत्यन्तै कमजोर रहेको बताए । नेता पौडेलले संसदीय निर्वाचनको बेला प्रभु साहले दसधिअवामा रहेको माबिलाई नमुना माबि बनाउने बिधालयमा क्याम्पियुटर लैयाब घर घरमा महिलाहरुको लागि सीप रिङ्ग रोड लगाएत स्मार्टसिटी नगर बनाउने बाचा गरेका थिए तर आफू संग गरेको बच्चा गर्न खोज्दा यश नगरपालिकाका मेयर गौपाल यादवले कुनै चासो नलिएको भन्दै आरोप लगनउनु भयो । यश क्षेत्र , नगरपालिका र वडालाइ समृद्ध बनाउन प्रभु साहको हात बलियो बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको भन्दै बिजयलाई बिजय गराउन सबै संग आग्रह गर्नु भयो ।

महिला नेतृ तथा मधेश प्रदेश कमिटीका उप सचिव आरति भण्डारीले अहिलेको अवस्थामा देश दुई कित्तामा बाडिएको बताउदै एकातिर एमाले र अर्कोतिर पाँच दलिय गठबन्धन रहेको बताउनु भयो । बिदेशीको हस्तक्षेपमा परेको नेपाललाई कुनै पनि पार्टीले स्वतन्त्र देश हो भन्ने सक्ने आट गर्न न सकेको अवस्थामा सिगो एमाले पार्टी र एमालेका अध्यक्ष केपी शर्मा ओली मात्रै रहेको बताउनु भयो । नेतृ भण्डारीले बिकासको सवालमा फतुवा बिजयपुर नगरपालिकामा अहिले सम्म बिकासको सवालमा ठोस काम गर्न नसकेको भन्दै अबको नेतृत्व बिजय यादव निर्विजलाई नै दिन मतदाताहरुलाई आग्रह गर्नु भएको थियो ।
त्यस्तै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले फतुवा बिजयपुरको विकासको लागी अहोरात्र खटीरहने बिजय यादव लाई रोजेर फतुवा बिजयपुर नगरको विकासमा टेवा पुर्याउन आम मतदाताहरुलाई सुझाव दिएका थिए ।
मतदाताले बिजय यादव माथी विश्वास गरे फतुवा बिजयपुर नगरको हरेक क्षेत्रमा पुर्व मन्त्री प्रभु साहको टिम बलियो भए यो नगरपालिकामा विकासको आन्धी बेरी आउने दाबी समेत गर्नु भयो । कुशवाहाले विकासमा पछाडी परेको फतुवा बिजयपुर नगरपालिकालाई विकासशिल बनाउन सुर्यमै मतदान गरी विकास प्रेमी नेता प्रभु साहको टिमलाई बलियो बनाउन फतुवा बिजयपुर नगरका मतदातालाई आग्रह गरेका छन ।मेयरमा युवा नेता समेत रहेका कलाकार यादवलाई जिताई आफ्नो नगरको बिकास र निकास दिन एमालेमै मतदान गर्न उनले सबै नगरवासी, आम मतदाता लगायतसंग आग्रह गरेका छन ।नगरमा अस्पताल निर्माण, स्मार्ट सिटी, सडक निर्माण, शिक्षाको विकास लगायतको सपनालाई साकार बनाउन यस नगर क्षेत्रमा योगदान पुर्याउदै आएका भन्दै मेयरका उम्मेदवार बिजय यादवलाई नै जिताउन नगर वासीलाई उनले पटक पटक आग्रह गरेका थिए ।

त्यस्तै उप मेयरका उम्मेदवार कान्ति देवी महतोले आफु रौतहट जिल्लाकै पहिलो सहिद परिवार भएको भन्दै एउटा उपप्रमुखको पद प्रचण्डलाई पचन नसकेको भन्दै कार्यवाही गरेरै छाडेको बताउदै प्रचण्ड लाल गद्द्दा र धोखेवाज रहेको आरोप लगाउनु भयो ।प्रचण्डले भरतपुर महानगरपालिकामा आफ्नो छोरीलाई जिताउन अनेकौं जालझेल गरिरेको अवस्थामा आफू माथि गरेको अन्यालाई जनताले एक चोटी बिचार गर्नु पर्ने अवसर आएको बताउनु भयो ।कार्यक्रमको अन्तयमा प्रमुख अतिथि कुन्दन कुशवाहा,बिशिस्ट अतिथि करिशमा मान्नधर , मेयर उम्मेदवार बिजय यादव निर्विज,उप मेयर उम्मेदवार कान्ति देवी ,कलाकार नेतृ रचना सिवाकोटी लगाएत सम्पूर्ण मतदाताहरुले एउटा गितमा नृत्य गरेका थिए ।कार्यक्रममा करिब हजारौंको संख्यामा स्थानीयवासीको सहभगिता सम्पन्न भएको थियो ।