July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको एक चोटि हेर्नुस फतुवा विजयपुरमा यस्तो छ दलहरुको उम्मेदवारी मनोनयन

 

रौतहट, १२ गते बैशाख २०७९ ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा विभिन्न राजनैतिक दलहरुले उत्साहपूर्वक मनोनयन पत्र दर्ता गराएका छन् । सबै राजनितिक दलहरुले आफनो शक्ति प्रर्दशन सहित मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय फतुवा बिजयपुरमा पुगेका थिए । निर्वाचन आयोगको तालिका अनुसार आईतबादेखि मनोनयन दर्ता भइरहेको छ । मनोनयन दर्ताको लागि दुइ दिन समय तोकिएको थियो ।
सोमबार मनोनयन दर्ता गर्ने अन्तिम रहेका कारण आज सबै राजनीतिक दलहरुले आफ्नो पार्टीको प्यानलसहित उमेदावारी दर्ता गराएका हुन् । नेकपा एमालेको तर्फ बाट मेयरमा बिजय यादव निर्बिज र उपमेयरमा शहिद परिवारकी कान्ति देवी महतोले उम्मेदवारी मनोनयन गराएका हुन् । एमालको तर्फ बाट वडाध्यक्षहरुमा वडा नम्बर १ बाट संजय साह,वडा नम्बर २ बाट अनरुद्ध प्रसाद यादव,वडा नम्बर ३ बाट दिपनारायण साह सोनार,वडा नम्बर ४ बाट ब्रहमानारायण यादव,वडा नम्बर ५ बाट शेष मोबिन आलम,वडा नम्बर ६ बाट रामएकवाल राय यादव,वडा नम्बर ७ नरेन्द्र यादव,वडा नम्बर ८ बाट सहेन्द्र साह कलवार,वडा नम्बर ९ बाट पुरन देव चौधरी,वडा नम्बर १० बाट मनजय चौधरी,वडा नम्बर ११ इन्द्र प्रसाद पोखरेल उम्मेदवारी मनोनयन गराएको मेयर पदका उम्मेदवार बिजय यादव निर्बिजले जानकारी गराउनु भयो ।

त्यस्तै जनता समाजवादीको तर्फ बाट मेयर पदमा ममता कुमारी (अजय यादवको श्रीमती) र उपमेयर पदमा अमृत लाल चौधरीले आफ्नो उम्मेद्धारी दर्ता गराएका हुन् । सो पार्टी बाट वडाध्यक्षहरुमा वडा नम्बर १ बाट रामप्रवेश यादव ,वडा नम्बर २ बाट बिनोद यादव ,वडा नम्बर नम्बर ३ बाट कसैको उम्मेदवारी परेको छैन् । वडा नम्बर ४ बाट रामाशंकर पासवान ,वडा नम्बर ५ बाट जयमंगल यादव ,वडा नम्बर ६ बाट धनइ यादव ,वडा नम्बर ७ बाट राधाकान्त यादव ,वडा नम्बर ८ बाट नरेन्द्र साह ,वडा नम्बर ९ बाट विजय कुमार अधिकारी ,वडा नम्बर १० बाट प्रभु नारायण चौधरी ,वडा नम्बर ११ बाट ज्ञानेन्द्र चौधरीले उम्मेदवारी दिएको जसपाका नेता विजय चौधरीले जानकारी गराउनु भएको हो ।
त्यस्तै नेपाली काँग्रेस बाट मेयरमा गोपाल राय यादव र उपमेयरमा अम्बेया खातुन,माओवादी बाट पदम कुमार तिमलसीना,उपमेयरमा प्रतिमा कुमारी यादव,राप्रपा बाट मेयरमा जोगानन्द पुरी,एकिकृत समाजवादी बाट अरविन्द कुमार यादव,स्वतन्त्र बाट मेयरमा राजाहुसेन चुरिहार,जोगन्द्र राउत,विदयानन्द प्रसाद यादव,हिरा बैठा,रामविलास साहजनमत पार्टी बाट कृष्ण साहले उम्मेदवार दर्ता गराएको फतुवा बिजयपुरका निर्वाचन अधिकृत नारायण प्रसाद वागलेले जानकारी गराएका हुन् । अन्तिम नामावली प्रकाशन पछि फतुवा विजयपुर बाट कति उम्मेदवारले मनोनयन गराए भन्ने जानकारी हुन निर्वाचन अधिकृत वागलेले बताए ।