July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

जथाभावी चरित्र हत्या गर्न खाेजियाे पूर्व प्रदेश सांसद कुन्दन कुशवाहा

रौतहट ३ गते फाल्गुन।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा निबर्तमान प्रदेश सांसद कुन्दन कुश्वाहाले राजनीतिक पुर्वाग्रहको कारण केही कुतत्त्वले दुर्घटनामा जोडेर आफुलाई बदनाम गर्न गलत प्रचारप्रसारमा लागेको टिप्पणी गरेका छन । सांसद कुश्वाहाले मिडियाकर्मी संग संक्षिप्त कुरोगर्दै एमाले पार्टी को बढ्दो लोकप्रियता लाई देखेर सतामारहेका अपवित्र गठबन्धनका केहि नेताको ईशारामा पिकअप दुर्घटना संग जोडेर जनता माझ भ्रामक षड्यन्त्र गर्ने असफल प्रयास गरिरहेको प्रष्ट पारेका छन । बिगतमा जनताको सेवाका साथै विकास निर्माणको काममा अहोरीत्र खटेकाले आफ्नो प्रभाव राम्रो देखेर आउँदो निर्वाचनमा पराजित हुने डरले आफुले चलाएको गाडीले दुर्घटना भएको तथा आफू फरार भएको भ्रम छर्ने झुठा प्रचार भैरहेको नेता कुश्वाहाले बताए।
आफू पछिल्लो केही दिनदेखि २४ औं घन्टा पुर्वमन्त्री प्रभु साहको साथमा होलिमोलन कार्यक्रममा जिल्लाको विभिन्न स्थानमा सहभागी हुँदै आएको समय यस्तो प्रचारको कुनै औचित्य नरहेको उनको दाबी छ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले नेता कुश्वाहाको भनाईलाई पुष्टि गरेका छन ।
गएराती हर्साहा चौकमा भएको पिकअप दुर्घटनामा संलग्न पक्राउ परेका २ जना मध्ये मौलापुर निवासी एकजनाको गाउँमा नाम गाउँ घरमा अर्कै रहेको तर नागरिक्तामा कुन्दन पाण्डे रहेको छ । घटना पछि कुन्दन पाण्डे पक्राउ परेको भनी प्रहरी संचार बाट खबर गर्दा निबर्तमान कुन्दन कुश्वाहाको नाम संग जोडीन गएको हुनसक्ने डिएसपी श्रीराम भण्डारीले बताएका छन ।
अहिले सम्मको अनुसंधानमा पुर्व सांसद कुश्वाहाको नाम कतैबाट नजोडिएको तथा थप अनुसंधान भैरहेको डिएसपी भण्डारीले स्पष्ट पार्नु भयो ।गएराती साढे ८ बजे
चन्द्रनिगाहपुर बाट घरतर्फ गइरहेको बा१७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपले गएराती साढे ८ बजे हर्साहा चौकमा ठक्कर दिंदा २ जना पैदलयात्रुको मृत्यु भएको हो।
मृत्यु हुनेमा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरिकुमार ठाकुर रहेको घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन ।
त्यसैगरी गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी चौकी हर्साहा प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अंसारी घाइते भएका छन ।
असई यादवको गरुडा स्थित सामुदायिक अस्पताल र जवान अंसारिको बिरगंजमा उपचार भैरहेको डिएसपी भण्डारीले बताएका छन ।
ठक्कर दिने गाडी चालक मौलापुरका संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्दे पक्राउ परेको डिएसपी भण्डारीले बताएका छन ।
मृतकका आफन्तहरुले दुबै शव हर्साहा चौकमा राखेर दोषीलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै आज बिहानै देखि प्रदर्शन गरेका थिए । आज सांझ भएको दुईपक्षिय सहमति पछि मृतक दुबैजनाको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाईएको प्रहरीले जनाएको छ ।
केही मानिसले उक्त गाडी दुर्घटना हुंदा पुर्व प्रदेश सांसद कुन्दन कुश्वाहा त कसैले गाडी धनी मौलापुरका निर्माण ब्यवसायी नागेन्द्र साहले गाडी चलाएको बारे पनि नागेन्द्र साह बारे पनि अहिले सम्म पुष्टि नभएको तथा थप अनुसंधान भैरहेको प्रहरीले जनाएको छ ।
यसैबीच केहि स्थानीयले उक्त घटनामा एमाले केन्द्रिय सदस्य तथा निबर्तमान सांसद कुन्दन कुश्वाहाको नाम जोडेर सामाजिक संजालमा राखेपछि कुश्वाहाले आपती जनाउँदै जथाभावी चरीत्र हत्या गर्ने लाई कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासन संग माग गरेका छन ।