September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

बाँसको मुङग्रोले टाउकोमा हानेर बहिनीको हत्या, दाजु पक्राउ

रौतहट । रौतहटमा एक महिलाको हत्या आरोपमा उनकै दाजु पक्राउ परेका छन् ।

परोहा नगरपालिका–८ नरकटिया टोलमा २० वर्षीया तेतरीकुमारी रामको हत्या आरोपमा उनकै दाजु २२ वर्षीय दीपेन्द्रकुमार राम पक्राउ परेका हुन् ।

घरायसी विवादको क्रममा दीपेन्द्रले बहिनी तेतरी रामलाई बाँसको मुङग्रोले टाउकोमा प्रहार गरेका थिए ।
गम्भीर घाइते रहेकी तेतरीको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले बताए । नेपालभ्युज