July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

ललितपुर महानगरमा बुधबार स्थानीय बिदा

काठमाडौं।

ललितपुर महानगरपालिकाले  बुधबार स्थानीय बिदा दिएको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै महानगरले स्थानीय बिदा दिएको जनाएको छ ।

महानगरपालिका नगरकार्यपालिकाको वैशाख १८ गतेको बैठकबाट यस ललितपुर महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक श्री रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति र परम्परादेखिको धार्मिक महत्वको दिन भएकाले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय गरेको महानगरले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘ ललितपुर महानगरपालिका नगरकार्यपालिकाको मिति २०८१/०१/१८ गतेको बैठकबाट यस ललितपुर महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक श्री रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति र परम्परा देखिको धार्मिक महत्वको दिन भएकोले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय भए बमोजिम मिति २०८१/०२/०९ गते तदनुसार ने. सं. ११४४ बछलाथ्व चतुर्दशीका दिन नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सो दिन ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।