January 15, 2025

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

#बैदेशिक रोजगार बिभागमा आईटी आर्मीको आन्दोलन जारी

काठमाडौं ०४ गते

बैदेशिक रोजगारीमा जाने युवाहरु सँग बिना रसीद लिएको अवैध रकम फिर्ता गराउन आईटी आर्मीले शुरू गरेको आन्दोलन आज तेश्रो दिन पनि जारी छ । विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाई गर्नुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, बेरोजगार युवाहरुलाई स्वदेशमै रोजगारी दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने जस्ता मागहरु सहित बैदेशिक रोजगार बिभागमा धर्ना एवं घेराउबाट शुरू भएको आन्दोलन अनिश्चितकाल चलने छ । यो आन्दोलन पीड़ित युवाहरुको भविष्य संग जोड़िएकोले यसमा तपाई सबैको सहयोगको आवश्यकता छ ।