सोमबार, वैशाख ३१, २०८१
नेपालीहरूलाई अमेरिका पठाउने भनेर केन्या पुर्याउने र त्यहाँ बन्धक बनाउने गिरोहका मुख्य आरोपी पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपालीहरूलाई अमेरिका पठाउने भनेर ठगी गरी केन्या पुर्याउने र बन्धक बनाउने गिरोहका मुख्य अभियुक्त पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जगतबहादुर तामाङ छन्।
उनीसहित केही व्यक्तिहरूले २५ जना नेपालीहरूलाई अमेरिका पठाउने भनेर अवैध बाटोबाट केन्या पुर्याएको अनुसन्धानबाट खुलेको हो।
१० जना नेपालीहरु केही दिन अघि नै नेपाल आइसकेका छन्। अन्य १५ जना भने केन्याम बन्धक रहेको प्रहरीले बताएको थियो।
यसरी करोडौं रकम ठगी गरी बन्धक बनाउने तीन जना गत वैशाख २७ गते नै पक्राउ परेका थिए।
सिन्धुपाल्चोक घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, जोरपाटी बस्ने ४२ वर्षीया ङिमवटी शेर्पा र १९ वर्षीया निमा शेर्पा पक्राउ परेका थिए।
उनीहरूले १० जना नेपालीहरूबाट ५ करोड बढी रकम ठगी गरेका थिए।
त्यस्तै बन्धक रहेका १५ जनाबाट ७ करोड बढी ठगी गरेको अनुसन्धानबाट खुलेको हो।
यसबारे प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।
सेतोपाटी संवाददाता
यो पनि: अवैध बाटोबाट अमेरिका पठाउन रेष्टुरेन्टमा ‘काउन्सेलिङ’, केन्या पुर्याएर बन्धक
More Stories
सितलपुरमा निःशुल्क शिविरमा १६० जनाको आँखा परीक्षण सम्पन्न
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै बौद्धिमाई नगरपालिका घेराउ
सुरेन्द्र ढकाल प्रतिष्ठानले तीन सय कम्बल बाडे