July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कवाड व्यवसायीहरुलाई पूर्ण सुरक्षाको ग्यारेन्टी हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २९ बैशाख

प्रधानमन्त्री पुष्पकमल दाहालले कवाड व्यवसायीहरुमाथि चलाईएको डोजर रोकने बताऊनू भएकोछ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायीहरुको ध्यानाकार्षण पत्र बुझ्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । अदालतको स्टे अर्डरविपरित काठमाडौं महानगरले व्यवसायीहरुमाथि धरपकड गर्न नपाउने प्रधानमन्त्री दाहालको भनाई रहेको भेटमा सहभागी एक व्यवसायीले जानकारी दिए । महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरुलाई विस्थापित गराउनेगरि महानगरभित्रका वडा कार्यालयहरुबाट परिपत्र जारी गरिएकोमा आपत्ति जनाएका थिए । महानगरले आफूहरुको व्यवसायिक फर्मको दर्ता नविकरणसमेत नगरेको उनीहरुको गुनासो थियो । उनीहरुले आफूहरुले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई कर तिर्दै आएको कुरा पनि प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए । सम्मानित अदालतबाट कवाडी व्यवसायीका घर तथा टहराको संरचनालाई क्षति पुग्ने वा भत्काउने कार्य नगर्नु नगराउनु भनि (उच्च अदालत) बाट काठमाडौं महानगरपालिकाको नाममा आदेशसमेत जारी भएको कुरा उनीहरुले प्रधानमन्त्री दाहाललाई स्मरण गराएका थिए ।