February 10, 2025

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

आन्दोलनको_चौथो_दिन_आजपाद्वारा_भन्सार_बिभागमा_ घेराऊ

काठमाडौं २४ गते

आम जनता पार्टी निकट आम सम्पर्क मञ्चले भन्सार कानुनमा रहेको लूटकारी प्रावधानको विरुद्ध चौथो चरणको आन्दोलन अंर्तगत आज भन्सार बिभागमा पुनः घेराऊ गरेकोछ । भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन आम सम्पर्क मञ्चद्वारा भन्सार बिभाग मार्फत सरकार समक्ष प्रस्तुत मागहरु :- – ⁠भन्सार नियमावलीमा रहेको परिच्छेद-१० को पुरस्कार सम्बन्धि सम्पूर्ण प्रावधान हटाउने । – कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउने । – भन्सार महशुल नबुझाएकै कारण निजि सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्ने । – प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्ने । – घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्ने । – भन्सारबाट उठेको राजस्व रकमको २५% सम्बन्धित प्रदेशलाई र २५% सिमा संग जोड़िएका पालिकाहरुलाई दिने व्यवस्था गर्ने ।