September 8, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

अत्यधिक गर्मिले खाेला नाला सुकेसंगै पानी खान नपाएर मर्न थाले छाडा चाैपाया जंगली जनावर र चारा चुरुङ्गी

बैशाख १८ गते
राैतहट । जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खाेला नाला शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन । करिब दुई महिना आगाडी देखि लाल बकैया नदि सुकेका छन । पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेका थिए । त्यस पछि लागातार तापक्रम दैनिक वढोतरी हुँदै आएका छन । आज ( मंगलबार ) राैतहटकोअधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको हो । तापक्रम बढे संगै पश्चिमी वायुको तेज गतिले समान्य मानिसको जनजिवन लगायत सवै सजिव प्राणी- वोट विरवाको साथै वाली नालीमा समेत असर परेका छन । यसै बिच पानी खान नपाएर जिल्लाका देवाही गाेनाही नगरपालिका वडा नम्बर २ स्थित एउटा जंगली चाैपाया घाेड गदहा मृत अवस्था फेला परेकाे पत्रकार कमल यादवले वताए । प्रकृतिक खाेला नदि सुकि सकेका कारण जंगली जनावर छाडा पशु पंक्षि पानी खान नपाएर मर्न थालेको पत्रकार यादवले बताए । सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरि पशुपक्षीलाई पानी खाने व्यवस्था मिलाउन पत्रकार यादवले मध्यान्ह दैनिक मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन ।लाल बकैया नदिको दायाँ बायाँ करिब ५ /५ किलो मिटर दुबै तर्फ दुरीमा निजी तथा सार्बजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चाैपायालाई पानी खान समस्या भएको देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए । पानीको समस्या मधेशमै बढदै गएको बताउदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय जसाे हैण्पाईप सुक्ने र मानिसलाई पानी खान समेत समस्या हुने बताए । चाैपाया तथा जंगली जनाबर चराचुरुङ्गीलाई आफुले स्थानिय स्तरबाट जन श्रमदान गरि सुकि सकेको लाल वकैया नदिमा पाेखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पुर्व नगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।