कार्तिक ७ गते
आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष एवम रौतहट क्षेत्र नं ३ बाट निर्बाचित संघिय सांसद प्रभू साहले हरेक वर्षहरुझै यस वर्ष पनि आज रौतहट फतुवा विजयपुर नगरपालिका वडा नं ११ हिमालीबासमा आज मगंलबार जेष्ट नागरिकहरुबाट टिका ग्रहण गरेका हुन् । कार्यक्रममा सहभागि आइटी आर्मीको केन्द्रीय सदस्य रामसरण यादवले बताए । असत्यमाथि सत्यको विजयको प्रतिकको रुपमा याे पर्व मनाईने गर्दछ। आज बिहान ११ बजेर दुई मिनेटको शुभसाइतमा हिन्दू धर्मावलम्बीहरूले आ–आफ्ना मान्यजनबाट टीका र जमरा लगाएका हुन् । नेपाल पञ्चांग निर्णायक समितिले आज दिनभर नै टीका र जमरा लगाउन सकिने जनाएको छ । नवदुर्गाको प्रसादका रूपमा विजयादशमीका दिन टीका र जमरा लगाउने चलन छ । आज टीका लगाउनेहरूलाई मान्यजनहरूले यश, ऐश्वर्य, दीर्घायु र स्वस्थ रहन आशीर्वाद दिने गर्छन् । उक्त अवसरमा फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादव, अजय तिमल्सिना लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थिए।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय