July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

फतुवा विजयपुर नपालाई विकास अबरुद्ध र भ्रष्टाचारको आख्डा प्रदेशसांसद यादवले बनाएको छ – कार्यवाहक मेयर खातुन

कार्तिक १२ गते, रौतहट ।
रौतहट जिल्ला क्षेत्र नम्बर ३ अन्तर्गत फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अम्ब्या खातुनले उपसचिवलाई हाजिर गराउने विषयलाई लिएर वडा अध्यक्षहरुले अनावश्यक विरोध गरी नगरपालिकालाई अस्तव्यस्त बनाएको आरोप लगाएकी छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केहि दिन अघि नगरपालिकाको कार्यालय प्रमुखमा पठाएको उपसचिव सुरेन्द्र प्रधानलाई आफुले हाजिर गराउन खोजेपनि वडा अध्यक्षहरुले अझै हाजिर हुन नदिएको खातुनले बताएकी छन् ।
रिपोर्टर्स क्लब नेपाल रौतहटको साक्षात्कार कक्ष गौरमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरी फतुवा विजयपुरकी कार्यावाहक मेयर खातुनले यस्तो बताएकी छन् ।
यसअघि पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शम्भु यादवको मिलोमतोमा वडा अध्यक्ष, कार्यपालिका सदस्य सहित अन्य व्यक्तिहरुले समेत ठुलो आर्थिक अनियमितता गरेकोले अब भ्रष्टाचार हुन नदिन आफुले सरकारले पठाएको उपसचिव प्रधानलाई हाजिर गराई काम गर्ने वातावरण बनाउन खोजेपनि सबै वडाका वडा अध्यक्षहरुले प्रधानलाई हाजिर गराउन नचाहेको र अनावश्यक वादविवाद, बाधा अवरोध सृजना गरी नगरपालिकालाई रणभूमिमा परिणत गरेको उनले बताईन ।
वडा अध्यक्षहरुले भ्रष्टाचार गर्ने उद्देश्यले उपसचिव प्रधानलाई हाजिर गराउन नचाहेको र निमित्त प्रशासकीय अधिकृत शम्भु यादवलाई नै पुन हाकिम बनाई राख्न खोजेको उनले बताईन । वडा अध्यक्षहरुले निमित्त प्रशासकीय अधिकृत यादवलाई हाकिम बनाउन चाहेपनि आफुले कुनै हालतमा यादवलाई हाकिम नबनाउने उनले दावी गरिनन ।
निमित्त यादवसंग मिलेर भ्रष्टाचार गर्न पल्केका वडा अध्यक्षहरुले फेरी निमित्त हाकिम यादवलाई राख्न जति प्रयास गरेपनि आफुले उनिहरुको त्यो प्रयास सफल हुन नदिन उनले बताईन ।
वडा अध्यक्षहरुको अनावश्यक हस्तक्षेप र अडानका कारण अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत प्रधान कार्यालयमा हाजिर भई कामकाज गर्न नपाउँदा आउँदै गरेको हिन्दुहरुको चाड दीपावली र छठ पर्वमा समेत कर्मचारी तथा शिक्षकहरुलाई तलव खुवाउने अवस्था नरहेको उनले बताए ।
सोही पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक मेयर खातुनकी श्रीमान शेख सेराजले गत वर्ष मात्र नगरपालिकामा ७ करोड भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
भ्रष्टाचार मुद्दामा निलम्बित भएका मेयर गोपाल यादव, नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति एवं प्रदेश सांसद सुनिल यादव भन्ने जितेन्द्र यादव र प्रदेश सांसद यादवका भाई ज्ञानेन्द्र यादवले नगरपालिकालाई भ्रष्टाचारको अखाडा बनाएको सेराजले आरोप लगाए ।
यी तिनै जनाको प्रत्यक्ष इशारा र निर्देशनमा निमित्त प्रशासकीय अधिकृत शम्भु यादवले अनुगमन समितिको संयोजक उपमेयर अम्ब्या खातुनसंग हस्ताक्षर नै नगराई लागत इस्टिमेट अनुसार कामै नगरी ७ करोड जति रकम भुक्तानी गरिसकेको उनले बताए ।
अनुगमन समितिको संयोजक खातुनलाई कुनै जानकारी नै नदिई कामै नभएको योजनाहरुको ७ करोड रकम भुक्तानी गरी हाकिम यादवले ठुलो आर्थिक अनियमितता गराएको उनले बताए ।
गोपाल यादव, प्रदेश सांसद सुनिल यादव र सांसदका भाइ ज्ञानेन्द्र यादवले हाकिम यादवलाई प्रयोग गरेर उपमेयरको हस्ताक्षर विना अधुरै कामको भुक्तानी गराएर करोडौ भ्रष्टाचार गरेर पालिकालाई कमाई खाने भाडो बनाइदिएको उनले आरोप लगाए ।
उनिहरुले करोडौं करोड गरेको भ्रष्टाचारको पोल खुल्ने डरले अनुगमन समितिको संयोजक खातुनसंग हस्ताक्षर नगराएको उनको भनाई छ ।
तिनै जनाले पहिला खातुनको हस्ताक्षर विनै करोडौ रकम भुक्तानी गराएपनि अहिले कामै नभएको उक्त योजनाको फाइलमा हस्ताक्षर गर्न खातुनलाई दबाब दिएको बताउँदै उनले कामै नभएको योजनाको फाइलमा खातुनले हस्ताक्षर गर्न नमान्दा उनिहरुले वडा अध्यक्षहरुलाई उचालेर आन्दोलन गराई नगरपालिकालाई अस्तब्यस्त बनाएको बताए ।
तिनै जनाले भ्रष्टाचार गर्ने नियतका साथ उपसचिव प्रधानलाई जसरी पनि हाजिर हुन नदिने पक्षमा रहेको उनले बताए ।
उनिहरुले आफु अनुकुल चल्ने निमित्त प्रशासकीय अधिकृत यादवलाई फेरी हाकिम बनाएर पालिकामा ब्रहमलुट मच्चाउन चाहेकोले आफुले कुनै हालतमा त्यस्तो हुन नदिने उनले बताए ।