July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कारागार कार्यालय राैतहटका कैदीहरूले नै चामल बिक्री गरेकाे खुलासा 

 

रौतहट, २ गते कार्तिक ।राम प्रबेश बैठा

कारागार कार्यालय राैतहटका कैदीबन्दीहरुलाई नेपाल सरकारले उपलब्ध गराएको मसुली चामल कैदी बन्दीहरुले नै विक्री गरेको बताएका छन् ।

प्रति कैदीबन्दीलाई ७५० ग्राम मसुली चामल र ८० रुपैयाँ दुई छाकका लागी नेपाल सरकारले दिदै गरेको चामल विक्री गरी कैदीबन्दीहरुले आटा खरिद गरी रोटी बनाइ खाने गरेको बताएका छन ।

सरकारले चामल मात्र दिदै आएकोले कतिपय विरामी तथा चिनीको रोगी भएको हुनाले चामल नखाई रोटी खाने गरेकोले चामल विक्री गरी सोही पैसाबाट आटा खरिद गरी रोटी बनाई खाने गरेको उनीहरुले बताएका छन ।

प्रति दिन एक छाक रोटी खाने कैदीबन्दीको सख्या १२० रहेका छन भन्ने दुई छाक रोटी खानेको सख्या २० रहेको गौर कारागारका चौकीदार मनोज कुमार बैठाले बताएका छन ।

कैदीबन्दीहरुलाई खाना खुवाउन महिनाको ३० बोरा आटा खर्च हुने गरेको चोकीदार बैठाले बताए । गौर कारागारमा कैदीबन्दी जिवन बिताइ रहेको मोहमद महताब आलमले आफु चिनीको रोगी रहेकोले रोटी खानको लागी मसुली चामल आफनो हिसाको विक्री गरेको बताए ।

सरकारले दिदै आएको चामल राम्रो नभएकोले कतरनी चामल खरिद गरी खानेको बताए । नेपाल सरकारले दिदै आएको कैदी बन्दीको सुविधा अपुग रहेकोले घरबाट पैसा मगाई लुगा कपडा लगायत दैनिक उपभोग गर्ने सामाग्री खरिद गरी प्रयोग गर्दै आएको बताउदै नेपालको सविधानमा खान र वाच्नका लागी मौलिक हकमा व्यवस्था गरे पनि उचित प्रवन्ध नमिलाएको गुनासो उनले आज पत्रकारसँगको भेटघाटमा व्यत गरे ।

कारागार व्यवस्थापन कार्यविधि २०७३ को दफा १५ मा कैदीबन्दीले पसल खोल्ने व्यवस्था दफा १६ मा माल सामानको खरिद विक्री गर्ने व्यवस्था दिएको छ । यसै गरी कारागार नियमावली २०२० को दफा ५४ मा पसल खोल्ने र दफा ५६ मा माल सामान खरिद विक्री गर्ने व्यवस्था दिएको उल्लेख छ ।

गौर कारागारका कैदीबन्दीहरुले २०८० साउन १ गतेका दिन बैठक बसी आफुले प्रति दिनको लागी पाएको मोटो मसुली चामल विक्री गरी आटा खरिद गरी रोटी खाने , घरबाट आएको खाना खाने कैदीबन्दीले आफुले पाएको चामल घर पठाउने , मोटो चामल मसुली नखाने कैदीबन्दीले मोटो चामल विक्री गरी मसिनो चामल खरिद गरी खाने निर्णय गरेको हो ।

त्यसै गरी ११ सदस्यीय संचालन समिति गठन गरी दैनिक प्रयोग हुने सामानहरुको मूल्य निर्धारण गरेको छ ।

गौर कारागारका प्रमुख मणीभुषण साहसँग सम्पर्क गर्दा साउन देखि आएको चामल २ सय ३८ क्युन्टल चामल कैदी बन्दीहरुलाई प्रति दिनको लागी ७०० ग्राम को दरले बुझाएको बताए । ३६५ जना कैदीबन्दी रहेको उनले बताए ।

कैदीबन्दीहरुले आफुले पाउने चामल विक्री गर्ने कारागारको नियमावलीमा रहेकोले उनीहरुले आफै विक्री गरेको बताए । मेरो कुनै किसिमको सलग्नता नरहेको बताउदै खान र बाच्न पाउने अधिकार कैदीबन्दीहरुलाई पनि रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गौर कारागारको चामल व्यतिगत व्यापारी पसलमा फेला परेकोले अनुसन्धान भइ रहेको छ । दोषी पाइएमा कार्यवाही हुने उनले बताए ।

कतिपय कैदीबन्दी विरामी र चिनीको रोगी रहेकाले रोटी खाने गरेको बताउदै प्रजिअ मिश्रले सरकारबाट चामल मात्र उपलब्ध भइ रहेको हुदाँ चामल विक्री गरी आटा खरिद गरी रोटी खाइ रहेको थाहा हुन आएको बताए । ७०० ग्राम कैदीबन्दीले खान नसकिने भएकोले बदमासी हो की अनुसन्धान बाट खुल्ने भएको बताए । अनुसन्धानको कार्य पुरा नभएको प्रजिअ मिश्रले स्पष्ट पारे ।