July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटमा डोम समुदायका बालबालिका तथा अभिभावक लाई सम्मान

रौतहट, ३० गते भदौ ।

रौतहटको शिवनगरमा राष्ट्रिय बाल दिवसकै अवसरमा जिल्ला स्तरीय डोम समुदायका बालबालिका तथा अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको हो।

शनिबार जिल्लाको गरुडा नगरपालिका-५,स्थित कृषि उपकेन्द्र शिवनगरमा आयोजित कार्यक्रममा बालबालिका लाई नियमित शिक्षा हासिल गर्न विद्यालय पठाउने अभिभावकलाई सम्मान गर्दै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

डोम समुदाय विकास केन्द्र रौतहटको अध्यक्ष विजय मलिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि माधव नारायण नगरपालिका -३ का वडा अध्यक्ष राजकुमार यादवले शिक्षामा अझैसम्म डोम समुदाय पछाडी रहेको बताए । अब डोम समुदायले पनि आफुलाई परिवर्तन गदै शिक्षा स्वास्थ्यमा जोड दिनुपर्ने धारणा राखे । डोम समुदायको पेसा सरसफाइ गर्ने जिम्मेवारी भएपनि उनीहरु आफ्नै बस्ने ठाँउको सरसफाइमा निकै पछाडी रहेको दुख व्यक्त गरे।

कार्यक्रममा वक्ताहरुले शिक्षामा डोम समुदायका बालबालिकाको पनि समान पहुँच होस लगायतका विषयमा आ-आफ्ना मन्तव्य राखेका थिए । कार्यक्रमको अन्त्यमा विद्यार्थीहरुले नृत्य गायन लगायतका आफ्ना प्रतिभा प्रस्तुत गरि सबै मन जितेको संस्थाको अध्यक्ष विजय मलिले बताए ।