July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गुजरामा नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न

 

रौतहट,भदौ २९ गते ।
रौतहटको गुजरा नगरपालिकामा नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर २ कटानी स्थित रहेको श्री मावि नयाँ बस्तीमा आज राष्ट्रिय बाल दिवसको अवसरमा प्रतियोगिता आयोजन गरिएको थियो ।
बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवस २०८० मनाइएको हो । गुजरा नगरपालिका शिक्षा शाखाको आयोजना र आरडिसि नेपालको समन्वयमा भएको कार्यक्रम कार्यक्रममा के.एन.एच.को सहयोग रहेको थिायो ।
बलश्रम न्यूनिकरण परियोजना अन्तर्गत राष्ट्रिय बाल दिवस कार्यक्रम बाल कल्ब सँगको समन्वयमा गरिएको थियो । सो प्रतियोगितामा श्री मावि नयाँ बस्ती,श्री जनप्रिय मावि हरिनगर मैढा,श्री मावि रंगपुर १,श्री नमूना मावि सिमराभवानीपुर र श्री मावि जंगलसैया सहभागि थिए ।
हाजिरि जवाफ प्रतियोगितामा श्री मावि कनकपुर प्रथम,श्री मावि रंगपुर द्धितिय र श्री कंकाली मावि जंगलसैया तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । उनीहरुलाइ पुरस्कार स्वरुप कपि,कलम र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । साथै नगर स्तरीय बाल कल्बका सदस्यहरुलाइ समेत प्रमाणपत्र प्रदान गरि विदाइ गरिएको थियो ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष रुपबहादुर स्यांतांगको सभाध्यक्ष्तामा भएको कार्यक्रममा गुजरा नगरपालिकाकी उपप्रमुख रत्ना लामा प्रमुख अतिथीको रुपमा रह्नु भएको थियो । कार्यक्रम सञ्चालन लक्ष्मिीनारायण चौधरीले गर्न भएको थियो भने सहजीकरण राम अचार्यले गर्नु भएको थियो ।
सो अवसरमा प्रअ सुशिल कुमार कुशवाहा,सहभागि बिधालयका प्रतिनिधी,सो वडाका वडा अध्यक्ष अशोक खाँ थारु,शिक्षा शाखा प्रमुख शिवमंगल साह,शंकर चौधरी,कार्यक्रम संयोजक शेख अर्सद,फिल्ड सुरपरभाइजर सुगान्धि कुमारी,सोनी खातुन,व्यवस्थापन सहयोगी लीदा बहादुर स्यांतांग लगायत शिक्षक,शिक्षिका,बिधार्थी,अभिावक लगायत स्थानिय भद्रभलादमी हरुको सहभागिता रहेको थियो ।